अत्तरिया - भारतको लखनउमा जारी इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा धनगढीको एसपीए कलेजले फराकिलो जित निकालेको छ ।
लखनउमा भएको खेलमा एसपीएले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
सोमबार राति लखनउस्थित सिटी मन्टेश्वरी स्कुलको मैदानमा भएको खेलमा एसपीएले कोलकत्ताको साउथ इन्टरनेशनल स्कुललाई ११० रनले पराजित गर्यो।
एसपीएले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रनको योगफल बनायो । उसका लागि सौर्य श्रेष्ठले ५९ रनको अर्धशतकीय पारी खेले । अजयसिंह कडालले ३२ रन बनाए ।खगेन्द्र कुवरले १८ रनको योगदान गरे । विपिन रावलले ९ बलमा ३ चौका र एक छक्कासहित १९ रन जोडे ।
जवाफमा कोलकत्ता १६.१ ओभरमा सबै विकेट गुमाएर ६५ रनमा समेटियो। कोलकत्ताका यश पर्मरले सर्वाधिक २१, प्रथम खेमले १४ रन जोडे।
सपीएका सौर्य श्रेष्ठले सानदार बलिङ गर्दै ३ विकेट हात पारे। उनले ४ ओभरमा २ ओभर मेडन राख्दै १३ रन खर्चिएका थिए। यस्तै सचिन सावदले पनि ३ विकेट लिए। सचिनले ४ ओभरमा ९ रनमात्रै खर्चिए। त्यसबाहेक खगेन्द्र कुँवर, विप्लव खड्का, बसन्त कार्की र निर्मल भट्टले समान १–१ विकेट लिए।
कोलकत्ताका यस पर्मर र सुर्याशं झाले समान ३–३ विकेट लिए। एसपीएको यो प्रतियोगितामा पहिलो जित हो। यसअघि दुई खेलमा लगातार हार ब्यहोरेको एसपीएको अगाडि बढ्ने सम्भावना अरु टोलीको नतिजामा भर पर्नेछ। खेलको म्यान अफ द म्याच एसपीएका सौर्य श्रेष्ठ चुनिए। यस्तै उनले वेस्ट सिक्सेस अवार्ड पनि हात पारे। खेलको मोस्ट भ्यालुएबल प्लेयर एसपीएकै अजयसिह कडाल चुनिए।
विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाबेसहित भारतका कोलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पञ्जाबलगायत शहरका टोलीहरुले सहभागिता १६ टोलीको जनाएका छन्। लिगकम नकआउट फम्र्याटमा हुने लिग लखनउका तीन क्रिकेट ग्राउण्डमा भइरहेका छन्।