बझाङ - जिल्लाको ग्रामिण भेगहरुमा उत्पादन हुने रैथानेवालीहरु कोदो, चिनो, फापर,कागुनु खाध्यान्ह बालीहरु लोप हुँने अवस्थामा पुगेका छन । स्थानीय स्थरमा उत्पादन हुदै आएको रैथाने वालीहरुको परिकारको सट्टा तराई बाट आयतित हुने चामल,गहु र बजारमा पाईने जँङ्क फुड लगायतका खानेकुरा बढी प्रयोग हुन थालेपछी पछिल्लो समयमा जिल्लाका स्थानीय स्थरमा उत्पादन हुने परम्परागत खाध्यान्हबाली लोप हुने अवस्थामा पुगेको हो ।
स्थानीयवासिन्दाहरुले परम्परागत खाध्यान्हबाली उत्पादन गर्नुको सट्टा तुलनात्मक रुपमा बढी मुल्यमा उपलब्ध हुने चामल,गहु किन्नेर खान थालेपछी स्थानिय स्थरमा उत्पादन हुने खाध्यान्हवाली लोप हुने अवस्थामा जयपृथ्वी नगरपालीका वडा नँ ७ का स्थानियं गणेश बोहराले बताए ।
बोहराका अनुषार पहिले गाँउमा सडक सञ्जाल जोडीएको थिएन गाँउमा कोदो,फापर,चिनो,लगाईन्थ्यो अहिले सडक सञ्जाल जोडेपछी कोदो,फापर,कागुनु, लगाउनै छोडी सकेको बताए ।
त्यस्तै अर्का साईपाल गाँउपालीकाका स्थानियवासी दिपक बोहराका अनुषार अज्ञानता,अशिक्षाका,कारण आफ्नो खेतवारीमा उत्पादन भएको अर्गा््िनक अन्न उत्पादनमा अल्छीपन गर्ने र बजारमा पाईने चामल गहु किनेर खाने भएका कारण लोप हुदै गएको बताए ।