अत्तरिया -आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरी मनाइन्छ ।
वसन्त ऋतु शुरु भएसँगै यस पर्व आउने भएकाले वसन्त पञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ । आज सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रही आएको छ ।
![](https://www.godawarinews.com/uploads/editor/swarswati%20pujan%203.jpg)
यसै बिच सोही अबसरमा यस क्षेत्रका सरकारी तथा निजी बिधालयहरुले धुमधामका साथ सरस्वती पूजन कार्यक्रम गरेका छन् । बिधालय प्रांगणमा सरस्वतीको प्रतिमा स्थापना गरेर बिधालयहरु रङीचङी बनाइएका छन् । सरस्वती पूजनको लागी बिधार्थीहरु बिहानै देखी बिधालयमा आफ्ना अभिभाबक सहित पुगेका थिए ।
![](https://www.godawarinews.com/uploads/editor/swarswati%20pujan%204.jpg)
दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, दुर्गालक्ष्मी नमुना बिधालय, लोटस स्कुल, होलिल्याण्ड बिधालय, गुराँस एकेडेमी,सत्यबती एकेडेमी,समता सकुल,एभरेष्ट स्कुल, जेके स्कुल, पुष्पान्जली स्कुल, सक्षम पाठशाला ,जनकल्याण लगाएतका अन्य बिधालयहरुले सरस्वती पूजन मनाएका छन् । कतिपय निजी बिधालयहरुले सरस्वती पूजाको लागी भनेर अतिरिक्त शुल्क समेत लिने गरेका छन् ।
![](https://www.godawarinews.com/uploads/editor/swarswati%20pujan%205.jpg)
![](https://www.godawarinews.com/uploads/editor/swarswati%20pujan%206.jpg)
![](https://www.godawarinews.com/uploads/editor/swarswati%20pujan%202.jpg)