अत्तरिया -कैलालीको अत्तरियामा प्लानेट मन्टेस्वरी बिधालयले आफ्नो शैक्षिक कार्यक्रम शुरु गरेको छ । सरस्वतीको पूजाको अबसर पारेर बिहीवार देखी गोदावरी -२ लोटस गल्ली भित्र पूर्व र पश्चिम दुबै तिर उक्त बिधालय शुरु भएको हो ।
झन्डै १ करोडको लगानीमा बिधालयको भौतिक पूर्बाधार र अन्यमा लगानी गरिएको बिधालयका प्रमुख पुष्कर शर्मा जोशीले बताए । प्ले ग्रुप, नर्सरी, एल के जी, यु के जी सम्म अहिले कक्षा संचालन गरिने उनले बताए ।
बिधार्थीहरुलाई पढाउनको लागी बिषय बिज्ञ ब्यक्ती छनौट देखी बालबालिकाको मनोबिज्ञान बुझ्न सक्ने सम्मका ब्यक्तीहरुलाई पढाउने जिम्मा दिइएको प्लानेट मन्टेस्वरी ब्यबस्थापनले जनाएको छ ।
बालबालिकाहरुको लागी पूर्णतया मन्टेस्वरी पद्दतीको भौतिक संरचना र मन्टेस्वरी बिधीबाट नै पढाइने जोशीले बताए । बालबालिकाहरुलाई बिधालयमा पुर्याएपछि अभिभाबक ढुक्कले आफ्नो काममा जान सक्ने बाताबरण दिने प्लानेटको तयारी छ ।
नियमित स्वास्थ्य चेक अप, खाजा, खाना , गाडीको ब्यबस्था, खेलकुद लगायत अन्य अतिरिक्त कृयाकलापमा बिशेश बालबालिकाहरुको लागी केन्द्रित गरिएको संचालक जोशीले बताए।
यस्तै उनले कक्षाहरु पूर्णतया डिजिटल हुने बताए । मण्टेस्वरीमा संस्कृत देखी अन्य बालबालिकालाई आबश्यक सबै काउन्सिलिङका कक्षा हुने जोशीको दाबी छ ।तत्काल १०० जना बालबालिकालाई पूर्णतया राम्रो ब्यबस्थापन सहित पढाउन सकिने बिधालयले जनाएको छ । जोशीकै अगुवाईमा प्लानेट कम्युटर बिगत लामो समय देखी अत्तरियामा स्थापित सँस्था हो ।