धनगढी -सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले परिवर्तित राजनितिक परिस्थितीमा सबै पक्षले आफुलाई परिबर्तन गर्नु पर्ने बताउनु भएको छ । नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयल धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“हाम्रो समाजमा अहिले एउटा प्रवृती देखिएको छ ,अरुले परिबर्तन हुनु पर्ने तर आफु कोही परिबर्तन नहुने यस्तो हुँदैन , ” मुख्यमन्त्री भट्टले भने - “ सबै क्षेत्रले आ आफ्नो काम कर्तब्य र अधिकारलाई रुपान्तरण गर्नु पर्दछ ।” उनले अहिलेको प्रहरीको संरचना बदल्नु पर्ने बताए ।
प्रहरीको सेवा सुबिधा र क्षमता नबढाएसम्म प्रहरीले अबको दिनमा काम गर्न नसक्ने उनको भनाई छ । अपराधको दायरा फराकिलो बन्दै गएको बताउँदै मुख्यमन्त्री भट्टले प्रहरीलाई प्रबिधीयुक्त बनाउनु पर्नेमा जोड दिए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले नागरिक पनि विना बर्दिका प्रहरी भएकाले अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।
सरकारले प्रदेश प्रहरी ऐन पास गरिसकेकाले अब छिट्टै प्रदेश प्रहरीको संरचना बन्ने मन्त्री शाहको भनाई छ । उनले डिएपी सम्मका प्रहरी अधिकारीहरु प्रदेश प्रहरीमा समायोजन हुने र एसपी ,एसएसपी , डिआईजी प्रदेश सरकारले बनाउने ऐन पास भएको बताए । प्रहरीको प्रदेश संरचनाले प्रदेशमा शान्ती सुरक्षा कायम गर्ने उनको भनाई छ ।
कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदै सुदुरपश्चिम प्रहरी प्रमुख एबम प्रहरी नायब महानिरिक्षक तारणि प्रसाद लम्सालले प्रदेशमा रहेका प्रहरीहरुको भौतिक संरचना सुधारका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले भ्रस्टाचार नियन्त्रण , अपराध नियन्त्रणका लागि प्रहरीले नै बिशेष भुमिका खेलेको बताए । कार्यक्रममा अपांग,अशक्त भुपु प्रहरीहरुले सरकार र प्रहरी संगठनले आफुहरुलाई बेवास्ता गरेको आरोप लगाएका थिए ।