अत्तरिया -सुदुरपश्चिम प्रादेशिक महोत्सवको सातौ संस्करण सकिएको छ । अत्तरिया उधोग बाणिज्य संघद्धारा सञ्चालित सुदुरपश्चिम प्रादेशिक महोत्सवको सातौ संस्करण सोमबार सकिएको हो।
संघका अध्यक्ष अशोकराज देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथी सुदुरपश्चिम प्राज्ञ प्रतिष्टानका उपकुलपती डा. टिएन जोशी, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया रहनु भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले उधोग बाणिज्य संघ को कार्यको प्रशंसा गरेका थिए। उनिहरुले निजी क्षेत्र अहिले निकै कठिन अबस्थाबाट गुज्रिरहेको भएपनी उधोग बाणिज्य संघहरुले मेला महोत्सब मार्फत आफ्ना ब्यबसायिक गतिबिधी जारी राखेको बताएका थिए ।
संघका अध्यक्ष देबकोटाले महोत्सब सफल पार्ने सबैलाई धन्यबाद दिएका थिए । उनले निकै मिहेनत गरेर महोत्सब लगाउने प्रयास गरिएपनी महोत्सब स्थल ब्यबस्थित नहुँदा समस्या झेल्नुपरेको दुखेसो पोखे।
'हामीले अहिले लगाएको महोत्सब स्थल नेपाली सेनाको भोगाधिकार भित्र परेको रहेछ, शुरुमा अनुमती लिन नै गार्हो भयो । ढिलो गरेर हामीले तयारी गरेका थियौं तर अबका दिन झनै चुनौती छ । हाम्रो भबन पनि शशस्त्र प्रहरी को जग्गामा परेको छ भन्ने छ त्यसैले अब ठाउँको अभाब हुने देखिएको छ त्यसैले यसमा सबैको ध्यान पुगोस,' अध्यक्ष देबकोटाले भने।
यस्तै कार्यक्रममा महोत्सब सफल पार्ने संघ संस्था र ब्यक्तीहरुलाई प्रशंसा पत्र दिइएको थियो । उक्त कार्यक्रममा बिभिन्न जिल्लाका बाणिज्य संघका अध्यक्ष एबम प्रतिनिधी, यस क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
अत्तरियाको लामिताल परिसरमा १३ दिन सम्म चलेको सुदुरपश्चिम प्रादेशिक महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका थिए । यस्तै कार्यक्रममा यस क्षेत्रको बिकासको लागी बिषिस्ट योगदान पुर्याएको भन्दै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डाक्टर डम्बर बहादुर पाल र खेलाडी हरिष्ट भट्टलाई सम्मान गरिएको थियो ।