काठमान्डौ -नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन्।
उपप्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन्।
नेकपा एमालेबाट एक राज्यमन्त्रीसहित ८ जना मन्त्री बनेका छन्। त्यस्तै, माओवादी केन्द्रबाट एकजना राज्यमन्त्रीसहित र प्रधानमन्त्रीसहित ५ जना मन्त्री बनेका छन्।
यस्तो बन्यो मन्त्रीमन्डल :
प्रधानमन्त्री: पुष्पकमल दाहाल
उपप्रधानमन्त्री :-
विष्णु प्रसाद पौडेल, अर्थ
नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार
रवि लामिछाने, गृह
राजेन्द्र लिङदेन, ऊर्जा
मन्त्रीहरू
एमालेबाट
पदम गिरी, स्वास्थ्य
डा. विमला राई पौडेल, परराष्ट्र
हरि उप्रेती, रक्षा
ज्वाला कुमारी साह, कृषि
भगवती चौधरी, महिला बालबालिका
दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
राजेन्द्र राई, भूमि व्यवस्था तथा सहकारी
माओवादीबाट
रेखा शर्मा, सञ्चार
सुदन किराँती, पर्यटन
अमनलाल मोदी, सामान्य प्रशासन
रास्वपाबाट
शिशिर खनाल, शिक्षा
डिपी अर्याल, श्रम तथा रोजगार
राप्रपाबाट
विक्रम पाण्डे, सहरी विकास
ध्रुव प्रधान, कानून
जनमतबाट
अब्दुल खान
राज्यमन्त्री
डा. तोसिमा कार्की, स्वास्थ्य
दीपकबहादुर सिंह, ऊर्जा