कैलाली (गोदावरी ) - गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्टले गोदावरीधाम क्षेत्रको बिकास को लागि नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने बताएका छन् । शनिबार गोदावरीमा १२ राशी मकर मेलाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले यस्तो बताएका हुन ।
भट्टले गोदावरी क्षेत्रमा भएका सबै धार्मिक संस्थाहरु लाई एउटै छातामा ल्याएर कार्य योजना बनाउनु पर्नेमा जोड दिए । "गोदावरी को बृहत् डिपिआर बनाउनु पर्छ , हुन त बनेको छ भन्ने सुनेको छु , अब बिदा सकिएपछि म त्यसको अध्यन गर्छु , नभए बृहत योजना बनाउनु पर्ने हुन्छ ,' भट्ट ले भने ।
उनले गोदावरी धाम संगै गोदावरी आर्यघाट को ब्यबस्थापन पनि जरुरी भएको बताए । मेयर भट्ट ले गोदावरी क्षेत्र सुदुरपश्चिम कै सम्पत्ती भएकाले यसको दिगोपन मा जोड दिनुपर्ने बताए । "पारी हाम्रो पुरानो मन्दिर छ , बिचमा नदि छ त्यो जति बेला जे पनि हुन सक्छ , पुल माथी रहेको पुरानो मन्दिर देखि यहाँ सम्म रिभर ट्रेन बनाउनु जरुरी छ,"।
भट्ट ले," भने भोलि धार्मिक संरचना बढाउनु पर्ने होला , गेटा मेडिकल नजिकै छ , त्यो संचालन आए त्यहाँ मान्छे को निधन भए ल्याउने यहाँ नै हो , ती मान्छे बाहिर को पनि होलान् , त्यसैले यसमा अन्य संरचना बनाउनुपर्ने हुन सक्छ , तर त्यो सबै नगरपालिका को स्रोत साधन ले नहुन सक्छ , प्रदेश सरकार ले पनि ध्यान दिनु पर्यो ।" मेयर भट्टले अहिले गोदावरी मा वनिरहेका धार्मिक संरचना भोलि बृहत योजना बनाउँदा के हुने हो भने कुराको पनि ख्याल गर्नुपर्ने बताए ।