अत्तरिया - प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिता सुनसरीको इटहरीमा हुँदैछ । आजको उद्घाटन खेलमा अहिले मधेस प्रदेश र प्रदेश नम्बर १ खेल्दै छन् । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशबीच खेल हुनेछ ।
विन्दु रावलको कप्तानीमा रहेको १४ सदस्यीय सुदूरपश्चिम प्रदेशको टोलीमा उपकप्तान कविता कुँवर , रुबी पोदार, शोभा रोकाया, कविता जोशी, रितु कनौजिया, डली भट्ट, ईश्वरी विष्ट, स्नेहा महरा, सम्झना खड्का, यशोदा विष्ट, मनिषा चौधरी, रेवती धामी र रविना साउद छन्। यस्तै लक्ष्मी साउद, अनु खडायत, राधिका पुजारा र लक्ष्मी खड्का वैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।
प्रतियोगितामा सात वटा प्रदेश तथा एक विभागीय गरी ८ टोली सहभागी छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’ मा एपीएफ क्लब, सुदूरपश्चिम, बाग्मती र गण्डकी प्रदेश छन् । प्रदेश १, कर्णाली, लुम्बिनी र मधेस प्रदेश समुह ‘बी’ मा छन् ।
दुई वटा समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ ७ गते हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।