धनगढी - पहिलो प्रदेश सभाबाट निर्बाचित डोटीका सांसद त्रिलोचन भट्ट २०७४ मा सुदुरपश्चिमको पहिलो मुख्यमन्त्री बनेका थिए । माओबादी केन्द्रबाट उनी मुख्यमन्त्री बनेका थिए। त्रिलोचन भट्ट मुख्यमन्त्री बन्ने कुरा धेरैको अनुमानमा थिएन तर पनि उनी मुख्यमन्त्री बने ।
सुदुरपश्चिममा तत्कालिन माओबादीका मुख्य नेता लेखराज भट्ट थिए । त्रिलोचनलाई मुख्यमन्त्री बनाउने कुरो तत्कालिन माओबादीको हेडक्वाटरमा छलफल नै भएको थिएन । त्यो बेला बरु अरु अरु माओबादी सांसद मुख्यमन्त्री बन्ने आंकलन हुने गरिएको थियो । अझै त्यो बेला चलेको चर्चालाई आधार मान्ने हो भने माओवादी हेडक्वाटर ले बिरभान चौधरीलाई मुख्यमन्त्री को रूपमा अगाडि सार्न खोजेको थियो ।
तर लेखराजले तत्कालीन यहाँ को राजनीतिक परिस्थितिलाई विश्लेषण गरेर चौधरी लाई मुख्यमन्त्री बनाउने नमानेको उनी निकट नेताहरुले बताएका छन् । त्य्सपछि लेखराज संग नजिक मानिएका त्रिलोचन नै थिए । उनलाई मुख्यमन्त्री बनाउने प्रस्ताव लेखराज ले नै गरेका थिए ।
प्रचण्डलाई पनि मुख्यमन्त्री त्रिलोचनलाई नै बनाउन पर्छ भनेर कन्भिस समेत लेखराज ले गरेका थिए । त्रिलोचन लेखराज संग नजिक रहेर काम गरेका थिए । युद्द पछि माओवादी शान्तिपुर्ण राजनीतिमा आएपछि लेखराजलाई त्रिलोचन ले ईमानदारिता को साथ दिएका थिए ।
डोटीमा त्रिलोचनलाई माओवादी भित्र महत्त्वपूर्ण जिम्मेवारी सधैं जसो हुने गरेको थियो । तर मुख्यमन्त्री बनेपछि लेखराज संग त्रिलोचनको सम्बन्ध केही समय ठिकै रह्यो । तर पछि त्रिलोचनले लेखराज संग दुरी बढाए । लेखराज को सल्लाह पनि मान्न छोडे, त्यसपछि तत्कालीन नेकपा भित्र दुई लाइन संघर्ष चलेको बेला लेखराज केपी शर्मा ओली को पक्षमा उभिए । त्यसपछि अदालतले नेकपा नरहने एमाले र माओवादी पार्टी पुरानै दलको रूपमा रहने आदेश दियो । तर लेखराज भट्ट ओली नेतृत्व कै एमालेमा रहे ।
लेखराज भट्ट ओली नेतृत्व कै एमाले मा गएपछि मुख्यमन्त्री भट्ट को निकटता एमालेका पुर्ब उपाध्यक्ष भिम रावल संग भयो । लेखराज भट्ट एमालेमा गएपछि पनि माओबादीका अरु नेताहरुको सम्बन्ध यथाबत नै रह्यो । धेरै जसो माओबादीका नेताहरुको भेटघाट लेखराज संग हुने नै गर्दथ्यो । तर मुख्यमन्त्री भट्ट भने लेखराज सँग त्यसपछि पनि नजिकिन सकेनन् । लेखराज भट्ट एमालेका हाल निर्बाचित केन्द्रिय सचिब एबम सुदुरपश्चिम इन्चार्ज हुन् । भट्ट एमालेमा आएपछि पनि त्यति सजिलो थिएन उनलाई यहाँ स्थापित हुन ।
एमाले भित्र भिमरावल कमजोर बनेपछि पनि जिल्ला जिल्ला मा नेता अनुसार का गुट सकृय नै थिए । एमालेमा शुरु देखि नै लेखराज भट्टलाई साथ दिने मध्यका एक प्रमुख पात्र राजेन्द्र रावल नै थिए । उनी एमाले सुदुरपश्चिमको सह इन्चार्ज हुँदै मुख्यमन्त्री पनि बनेका छन् । रावल -भट्ट हाल को एमाले भित्र निरन्तर सम्बाद छलफल मा भैरह्न्थे ।
जिल्लाहरु मा एमालेका अधिबेशन भैरहंदा पनि रावल भट्ट संग छलफल मै रहने गर्दथे। ओली टिम भित्रका खास नेताहरु बरु लेखराज संग बरु बेला बेलामा आलोचना गुनासो गर्दथे तर रावल को भने उनी संग सधैं राम्रै सम्बन्ध रह्यो। रावल मुख्यमन्त्री बन्ने कुरा पनि यो पटक धेरै को अनुमान मा थिएन ।
एमाले ले प्रत्यक्ष मा जम्मा ३ सिट मात्रै जितेको थियो । त्यसैले यहाँ एमाले को नेतृत्वमा सरकार बन्ने कुरा परिकल्पना मा पनि थिएन । तर केन्द्र को समीकरण बदलिए संगै सुदुरपश्चिममा एमाले को भागमा मुख्यमन्त्री पर्यो ।अनि रावल नै संसदीय दलका नेता थिए ।
मुख्यमन्त्रीका स्वभाबिक दाबेदार उनी बने । पार्टी का मुख्यनेता लेखराज ले पनि उनलाई नै बनाउन चाहेका थिए । अहिले दुबैको लय मिलेको छ । मुख्यमन्त्री बन्ने निश्चित भएपछि रावल ले भाबुक हुँदै भट्ट निवास मा खुशीका आँसु झारेका थिए।
को हुन रावल ?
बैतडीको दशरथचन्द नगरपालिका–५ मार्कण्ड गाउँमा २०२१ मा जन्मिएका रावल राजनीतिसंगै साहित्य र इतिहास लेखनमा पनि सक्रिय छन् ।
२०४१ मा रावल परिवार महेन्द्रनगर आउन अघि उनको प्रारम्भिक शिक्षा भारतका विभिन्न विद्यालयमा भएको थियो । बुवा दान सिह रावल भारतीय सेनाका जागिर भएकाले उनले कक्षा सातसम्म भारतको मेघालय, शिलांगमा अध्ययन गर्ने मौका पाए । त्यस पछिको अध्ययनका लागि बैतडी फर्किएका थिए ।
बैतडीकै शाहीलेखस्थित बिरेन्द्र माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्म रावलले भारतको दमनबाट इन्टरमिडिएट पूरा गरेका छन् । उनले महेन्द्रनगरस्थित सिद्धनाथ बहुमूखी क्याम्पसमा स्नातक तहको अध्ययन समेत गरेका थिए ।
महेन्द्रनगरमा २०४४ देखि स्थायी बसोवास सुरु गरेका रावल तीन दाजु भाईमध्ये माइला हुन् । उनका तीन दिदी बहिनी छन् ।
मुख्यमन्त्री रावलले तत्कालीन डोटी राज्यको मध्यकालीन इतिहास (१२३५–१७१२) का अध्येता एवं लेखक रावलका कबिता संग्रह पनि प्रकाशित छन् । त्यसबाहेक उनका विभिन्न विषयक कार्यपत्र, लेख रचना पनि प्रकाशित छन् ।
मुख्यमन्त्री रावल आफ्ना दाजु रामसिंह रावलको प्रेरणाबाट राजनीतिमा आकर्षित भएको बताउँछन् । तत्कालीन समयमा दाजु रामसिंह पुष्पलाल समूहको केन्द्रीय सदस्य थिए । ०३६ सालमा आफू एसएलसी दिने तयारीमा रहँदा दाजु जेलमा परेपछि राजनीतिक क्रियाकलापमा सक्रियता बढेको थियो ।
औपचारिक रुपमा राजनीतिमा प्रवेश गराउने श्रेय भने उनी कञ्चनपुरका कम्युनिष्ट नेता उर्वादत्त पन्तलाई दिन्छन् । पन्तले ०३९ सालमा अनेरास्ववियुमा संगठित गराएको उनी सम्झिन्छन् । ०४१ मा केही समय उनले आफू अध्ययन गरेकै बैतडीको बिरेन्द्र माविमा अध्यापन पनि गराए । यता राजनीतिमा होमिइ सकेकाले उनी पार्टीको शिक्षक संगठनले सञ्चालन गरेका आन्दोलनहरुमा पनि अग्र पंक्तिमै रहन थाले ।
२०४६ सालमा माक्र्सवादी अध्ययन दलमा आबद्ध भएका रावल त्यसबेलाको जनआन्दोलनमा पनि सक्रिय थिए । ०४७ सालमा तत्कालीन मालेका बेला मदन भण्डारी कञ्चनपुरमा पार्टी स्थापना गर्न आएका बेला प्रेमसिंह धामी संयोजक रहेको जिल्ला कमिटीमा उनी सदस्य थिए ।
रावल ०५१ मा उनी कञ्चनपुरमा पार्टी कमिटीको संगठन विभागको संयोजक पदमा पुगे । त्यसपछि पार्टीको जिल्ला कमिटी उपसचिव भएका उनी ०५६ देखि लगातार दुई कार्यकाल कञ्चनपुरको सचिवको जिम्मेवारीमा रहेर काम गरेको अनुभव सुनाउँछन् ।
सचिव नै प्रमुख हुने तत्कालीन व्यवस्थामा उक्त पदमा पुगेका भएपनि पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि उनले अध्यक्ष पदमा प्रतिस्पर्धा गरे । अध्यक्षमा पराजित भएपछि तेस्रो पटक जिल्ला पार्टीको नेतृत्व गर्ने उनको चाहना भने पूरा हुन सकेन ।
तत्कालीन पार्टी कमिटीको अञ्चल सदस्य हुँदै, केन्द्रीय सदस्य, स्कूल विभाग प्रमुख, नेकपा कालमा प्रदेश कमिटी सचिव भएका रावल हाल पार्टीको पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटीमा सहइन्चार्ज छन् ।
मुख्यमन्त्री रावलसँग यसअघि निर्वाचित जनप्रतिनिधिका रुपमा ०५४ सालमा पाँच वर्ष अवधि कञ्चनपुरमा तत्कालीन जिल्ला विकास समितिको उप सभापति भएर कामकाज गरेको अनुभव छ । तत्कालीन जिविस उप सभापति भएर कार्यानुभव गर्ने मौका बाहेक अन्य पद प्राप्तिको अवसर भने उनले पाएनन् ।