काठमाण्डौ -गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालका लागि नब राज रोस्यारा युरोपको लागि क्षेत्रीय उपसंयोजकका उम्मेद्वारी दिने भएका छन्। एनआरएनए एनसीसी जर्मनीका पुर्व अध्यक्ष समेत रहेका रोस्याराले आफू यो पटक युरोप क्षेत्रको उपसंयोजक (डीआरसी) का लागि उम्मेदवार हुने यसअघि नै सार्बजनिक गरिसकेका छन्।
सुदुरपश्चिम प्रदेशको डोटी हालको शिखर नगरपालिका मोई गाउँमा जन्मेका रोस्याराले आफ्नो प्रारम्भिक र माध्यमिक तह सम्म्को शिक्षा डोटी जिल्ला मै गरेका थिए। आइएससी कंचनपुर महेन्द्र नगरबाट गरेरे बिएससी अमृत साइन्स क्याम्पसबाट पुरा गरेका थिए । त्यस्पछि उनी मास्टर र पिएचडी अध्ययनको लागि जर्मनी पुगेको हुन् ।रोस्यारा जर्मनीमा २००२ मा पहिलो पटक आएका थिए। म्याथमेटिक्समा एमएससी र बायो इन्फरमेटिक्समा पिएचडी गरेका हुन्। हाल भने उनि आइटी क्षेत्रमा काम गरी रहेको छन्।
राजनीतिमा पनि चाख राख्ने रोस्यारा विद्यार्थी रहँदा अस्कल क्याम्पसको तत्कालिन अनेरास्वबियुबाट स्वबियुमा सदस्य, सचिव र उपसभापती निर्बाचित भएका थिए। तर जर्मनी आएपछि भने उनले टुरिजममा नेपाललाई सहयोग गर्नुपर्छ भनेर धेरै पल्ट अभियानहरु चलाएका छन् । आफू पश्चिम नेपालमा जन्मिएको र हुर्किएकोले त्यही क्षेत्रमा सकृय हुँदा बढी काम गर्न सकिन्छ भन्ने हेतुले त्यो क्षेत्रको पर्यटनमा सघाउदै आएको उनको भनाई छ ।
उनले भने - 'हामीले पहिलो अफिसियल खप्तड-रारा ट्रेक्किङको आयोजना गर्यौ, त्यँहाका थुप्रै स्थानीयहरुसँग मिलेर। त्यो भन्दा पहिले त्यस्तो किसमको अफिसियल ट्रेक्किङ थिएन खप्तड र रारा जोड्ने।रोस्याराले सामुहिक नेत्रित्वमा विश्वाश गर्ने भएकोले अरु थुप्रै एनआरएन अभियन्ताहरुसँग मिलेर काम गरेको बताए ।
उनले राजनीति हरेक मान्छेले बुझेको हुनुपर्ने र यसलाई नजिकबाट नियाली राख्नुपर्ने बताए ।'एनआरएनलाई पार्टीहरुको शक्ती प्रदर्शन गर्ने थालो भने कदापी बनाइनु हुँदैन उनले भने - 'एनआरएनए सबै नेपालीहरुको भावनालाई समिटेर बनेको नितान्त सामाजिक संस्था हो। यसमा लागेको ब्यक्तीको मुल्याङ्कनको आधार राजनीति र पार्टी वा पदिय हैसियत हुनु हुँदैन। अभियान्ताले राजनैतीक आस्थाका आधारमा अरुलाई भेद्भाव गर्ने र त्यस अनुरुप व्यबहार गर्ने गर्नु हुँदैन।'
२००७ देखी एनआरएनएमा सलग्न भए पनि रोस्याराले एनआरएनए एनसीसी जर्मनीको सदस्यता भने २००९ मा मात्र लिएका हुन्। त्यसपछि उनी यो अभियानमा निरन्तर सकृय भएको बताएका छन्। एनआरएनए एनसीसी जर्मनीको सदस्य २०११ देखी २०१३, २०१३-२०१५ मा उपाध्यक्ष, २०१५-२०१७ मा एनआरएनए जर्मनीको अध्यक्ष थिए।
त्यस्तै उनले आइसीसीका बिभिन्न टास्क फोर्सहरुमा पनि रहेर एनआरएनएको अभियानमा योगदान पुर्याएका छन् । उनी अध्यक्ष हुँदा आफ्नो कार्यकालमा युरोप छेत्रिय सम्मेलन जर्मनीमै भएको थियो। यी सबै कम गरेको कारणले नै आफुले यो पटक क्षेत्रीय उपसंयोजकका लागि आकांक्षी भएको बताए ।
उनले भने - मेरो उम्मेद्बवारी सबै साथीहरुको सल्लाह र सुझाबका आधारमा आएको हो। यो कुरा जरुरी पनि छ। एनआरएनएमा म एक्लो रुपमा होइन समुदायको स्पोर्टमा मात्र सफल भइन्छ भन्ने आफ्नो विश्वास छ। सबैसँगको सहकार्य र छलफलको आधारमा मात्र सामुहिक रुपमा हामी केही गर्न सक्छौ।