काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्बाचन तर्फ जान सक्ने बताएका छन् । एमाले प्यूठान–काठमाडौं सम्पर्क मञ्चको शनिबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन।
'देश घुमिफिर मध्यावधि तिर जाने सम्भाबना छ, जाँदैन भन्न सकिदैन । सरकार नै बनेको छैन स्वार्थको टकराबले , अनी सन्चालन कसरी हुन्छ?' उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलो गर्दै गएकाले उनको प्रधानमन्त्री हुने चाहना पूरा नहुने दावी गरे ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भने, “समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो देखिन्छ ।” उनले प्रधानमन्त्री हुने इच्छा समयले नै समाप्त पारिदिएको छ ओलीले भने। अरुले पनि समयमा कदम नचाले देश फेरि मध्यावधि निर्वाचनतर्फ धकेलिने सम्भावनामा जाने उनको बुझाइ छ ।
तपाइँले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैं झेरर जान्छ ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘पुष्पकमल दाहालजी, प्रधानमन्त्रीको ईच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नुभयो । लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्छ,' ओलीले भने। अध्यक्ष दाहालले समयमा कदम नचालेको उनको टिप्पणी छ ।