अत्तरिया - कैलालीको अत्तरियामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको २६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तेज अवस्थीको सभापतित्वमा सम्पन्न सभामा गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथी रहनुभएको थियो भने ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासुदेव भट्ट बिशिष्ट अतिथी रहनुभएको थियो ।
मंगलबार एक औपचारीक कार्यक्रमका बिच सम्पन्न भएको संस्थाको साधारण सभामा संस्थाकी उपाध्यक्ष भगवती देवी खनालले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनु भएका नगर प्रमुख भट्टले कमजोर आयस्रोत भएका विपन्न समुदायका व्यक्तिको आर्थिकस्तर सुधार्न सहकारीहरुको महत्वपुर्ण भुमिका रहेको बताए । गोदावरी नगरपालिका किसानको हक हितमा काम गर्न सधै तत्पर रहेको नगर प्रमुख भट्टले बताए । यस्तै किसानका समस्या समाधान गरी कृर्षि मैत्री वातावरण सिर्जन गर्नेमा उनले जोड दिए ।
संस्थाको २६ औँ सभामा आर्थिक वर्ष २०७८-०७९ मा भएका कार्यहरु तथा आर्थिक विवरणहरु प्रस्तुत गरिए । संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तेज अवस्थीले गरिबी न्यूनिकरण गर्ने उदेश्यले सहकारीको स्थापना भएको बताए । अवस्थीले समाजमा रहेको विपन्नता हटाई महिला आर्थिक, समाजिक र सामुदायिक उन्नतिका लागी सानकिसानले काम गर्दै आईरहेको बताए ।
संस्थाको प्रस्तावित बजेट र निति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका मुख्य प्रबन्धक गोरख बहादुर खत्रीले संस्थाको दिगो विकासका लागी संस्थामा आबद्ध सदस्यहरुको सहयोग आवश्यक रहने बताए । संस्थाका मुख्य प्रबन्धक खत्रीले सदस्यहरुको सहजताका लागी संस्थाले प्रत्येक वर्ष विभिन्न योजनाहरु ल्याउने गरेका जानकारी दिए । कतिपय सदस्यहरुले संस्थाबाट कर्जा लगेर समयमै भुक्तानी नगर्ने परिपाटीले संस्थाको दिगो विकासमा समस्या हुने बताए । संस्थाबाट योजनाहरुको फाइदा लिने सदस्यहरुले संस्थाको हितका बारेमा सोचेर ईमान्दार पुर्व काम गरेर संस्थाको प्रगतीमा सहयोग गरिदिन आग्रह गरे । उनले संस्थासंग कर्जा कारोबारको तमसुक गर्दा पारिवारिक सहमति लागि घरमुलि साक्षि बस्नुपर्ने नियम लागु गरेको बताए ।
संस्थाका मुख्य प्रबन्धक खत्रीका अनुसार साना किसान कृषि सहकारीको आर्थिक वर्षमा कैलालीकै चुरे गाउँपालिकामा अर्काे शाखा खोल्ने योजना रहेको छ । आर्थिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७८-०७९ मा कुल ३७ करोड ३७ लाख ३७ हजार २१३ रुपैया बराबरको कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थाले कुल १ करोड १९ लाख १६ हजार ९०९ रुपैया नाफा कमाउन सफल भएको छ । कार्यक्रममा संस्थाको लेखा परिक्षण प्रतिवेदन संस्थाका लेखा प्रबन्धक प्रताप दत्त भट्टले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य चेतना भण्डारीले प्रस्तुत गरेकी थिईन ।
आर्थिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७८-०७९ मा कुल ३७ करोड ३७ लाख ३७ हजार २१३ रुपैया बराबरको कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थाले कुल १ करोड १९ लाख १६ हजार ९०९ रुपैया नाफा आर्जन गर्न सफल भएको छ । उक्त सहकारीको २६ औँ साधारण सभामा विभिन्न संघसंस्थाका पदाधिकारीहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।