धनगढी -गठबन्धनको तर्फबाट गीता कुमारी चौधरी सुदुरपश्चिम प्रदेश सभामा समानुपातिक सांसद बनेकी छन् । चौधरी सामुदायबाट गठबन्धनबाट उनी सांसद बन्ने एक्ली महिला हुन । उनलाई काँग्रेसले समानुपातिक सांसद बनाएको हो ।
२०७४ सालमा पनि उनलाई समानुपातिकको बन्द सुचीमा राखेको थियो । तर त्यो बेला उनी सांसद भने बनिनन् । त्यस यता पनि उनको सकृयता राजनितीमा घटेन ।
उनले अब सांसद बनेपछि पछाडी परेका बर्गहरुको राजनितिक अधिकारको लागी काम गर्ने बताईन। उनले भनिन्,' म चौधरी सामुदायबाट सांसद बनेकी छु, मलाई सबैले विश्वास गर्नु भएको छ । संसद भनेको निती निर्माण गर्ने थलो हो । त्यसैले सबैको अझ त्यसमा पनि पिछडियका सामुदायको हक अधिकारमा काम गर्ने छु।' चौधरीले आफुमा मन्त्री बन्ने हुटहुटी पनि रहेको बताईन ।
'मलाई पार्टीले विश्वास गरेर सांसद बनाएको छ। अझै मलाई मन्त्री पनि बन्नु छु । म गठबन्धनको तर्फबाट थारु सामुदायबाट एक्ली महिला सांसद बनेकी छु। त्यस हिसाबले पनि मलाई पार्टीले मन्त्री बनाउने छ,' उनले भनिन् ।
को हुन गीता ?
२०४६ साल कार्तिक १३ गते कृष्णपुर नगरपालिका वडा न.६ बुवा नाथुराम चौधरी र आमा बुधनी देवी चौधरी को कोख बाट उनको जन्म भएको हो । उनले २०५२ साल मा महाकाली माध्यमिक विद्यालय मा आफ्नो पढाई सुरु गरेकी थिइन् ।
गीताले एम.ए सम्मको पढाई पुरा गरी सकेकी छन् । सानै उमेर देखि नै उनी आफ्नो बाजे र बुवा को राजनीति बाट प्रभाबित भएर राजनितीमा लागिन । त्यस यता नेपाली कांग्रेस का नेता एन पि साउँद सँग सामीप्यता बढ्यो । उनका बुवा २०५४ साल को स्थानीय निर्वाचन मा नेपाली कांग्रेस बाट वडा अध्यक्ष मा निर्वाचित भएका थिए ।
गीता काँग्रेसको साधारण सदस्य हुँदै हाल माहाधिबेशन प्रतिनिधी पनि हुन । १६ वर्ष को कलिलो उमेर मा नै उनले २०६३ बाट आफैले पढेको बिद्यालय मा ६ वर्ष शिक्षण पेशा पनि गरिन । गीता ३ वर्ष सम्म सिंहपुर सामुदायिक बनको कोषाध्यक्ष ,२ बर्ष सिंहपुर सामुदायिक बन कै कार्यालय सचिब बनिन ।
त्यस्तै उनी बिधुत सहकारिकी सचिब,कंचनपुर सिचाई परियोजना की कोषाध्यक्ष,सिंहपुर युवा कलब को सचिब, प्रधानमन्त्री धान जोन को सह-संयोजक लगायतका कार्य मा पनि सकृय बनिन्। अहिले उनले श्रीमान डा. फुलराम चौधरी सँग मिलेर कन्चनपुरको कृष्णपुरमा निमेष अस्पताल पनि सन्चालन गरीरहेकी छन् ।