धनगढी - प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा आएपछि प्रधानमन्त्री एबम काँग्रेस सभापति शेर बहादुर देउबा को बिहीवार गृह प्रदेश को पहिलो भ्रमण थियो ।
नेपाली सेना को मिनि प्लेनमार्फत देउबा धनगढी आएका थिए ।
कैलाली उधोग बाणिज्य संघ ले आयोजना गरेको सुदुरपश्चिम महोत्सव को उदघाटन गर्न देउबा धनगढी आएका हुन । उनले महोत्सव को उदघाटन पनि गरे ।
उनी आएदेखि नै समय को चाप भन्दै आयोजक निकै हतारिएका थिए । र उनिहरुले पुर्ब निर्धारित धेरै कार्यक्रम छोट्याएको पनि देखिन्थ्यो ।
कार्यक्रम मा सहभागी धेरै को अनुमान थियो प्रधानमन्त्री देउबाले समसामयिक राजनीतिको बारेमा केही भन्लान् , निर्बाचन परिणाम को बारेमा केही भन्छन् वा आगामी प्रधानमन्त्री को बारेमा आफ्नो दाबी रहने आफ्नो प्रदेशबाट घोषणा गर्लान् ।
तर उनले राजनीति को बारेमा एक शब्द बोलेनन् । बरु सुदुरपश्चिमका ठुला परियोजनाका बारेमा मुख खोले । उनले गौरीफन्टा नाका खोल्ने बिषय मा बिगत मा पनि भारत संग कुरो गरेको बताए ।
अझै अगाडि भने - "भारतीय प्रधानमन्त्री मोदी संग पहिले पनि कुरो भएको हो , फेरि पनि कुरो गरौंला । तर त्यो बाटो मस भारतीय नेसनल पार्क छ त्यसको पनि संरक्षण गर्नु छ ।"
उनले पश्चिम सेती र पन्चेस्वर परियोजना पनि शुरु हुने बताए । यी दुबै परियोजना बनाउन सके सुदुरपश्चिम अन्य प्रदेश भन्दा धनी हुने पनि प्रधानमन्त्री देउवा को बिश्वास थियो ।
देउवा गठबन्धन को तर्फबाट आगामी प्रधानमन्त्री को रूपमा पनि हेरिएका नेता हुन।