बाजुरा -बाजुरामा प्रतिनिधी सभामा पराजित एमाले उम्मेदवार कर्ण बहादुर थापाले जिल्लाको इतिहासमा कहिल्यै नभएको क्रुर अमानविय हत्या गरेर चुनाव भएको बताएका छन । उनले सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै भनेका छन,' बाजुराबाट प्रतिनिधीसभामा निर्वाचित बद्री पाण्डे, प्रदेश्भामा निर्वाचित पदम बहादुर शाही र नरेश बहादुर शाहीलाई बधाई दिन्छु । तपाईहरुको कार्यकाल सफल होस् मेरो धेरै धेरै शुभकामना छ ।
यस निर्वाचनमा नेकपा एमालेलाई मतदान गर्ने सबै मतदाताहरु, पार्टीलाई जिताउनका लागि ज्यानको बाजीलगाएर खट्ने नेता तथा कार्यकर्ताहरु र निर्वाचनमा इमानका साथ कामगर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई धेरै धेरै धन्यावाद ।बाजुरामा चुनाव जित्नेहरु उन्मादले मात्तिने र पराजीतहरु भाग्ने गलत राजनीतिक व्यवहारलाई अन्त्य गर्दै २०५६ सालमा मैले नै हारेर नभाग्ने, जीत्नेलाई विजयसभामै गएर बधाई दिने पराम्परा बसाएको थिएँ ।
यस पटक बाजुरा जिल्लाको इतिहासमा कहिल्यै नभएको क्रुर अमानविय हत्या गरेर १७ मतदातकेन्द्र कब्जा गरी निर्वाचन जितेको हुनाले यस्तो विजयलाई मेरो अन्तरमनले स्वीकार गरेन । विजयीसाथीहरुको निधारमा चेतन अएडी र सञ्जिव एअडीको रगतको टिका लाकेको देख्न म विजयसभामा उपस्थित हुन सकिन । त्यसका लागि बजुरेली जनता समक्ष माफि माग्न चाहान्छु ।
मैले सधैभरी जनतालाई सर्वोच्च स्थानमा राखेको छु । जनताको विश्वास प्राप्त गरेरे नै आजको स्थानमा छु । जनतालाई सही कुरा बुझाएर, संगठित गरेर विशाल पार्टी निर्माण गर्न सफलता मिलेको छ । आफ्नै लक्ष्य, नीतिविचार र संगठनको बलमा नेपाली जनताले विश्वास गरेको पार्टी एमाले हो भन्ने कुरा यस निर्वाचनबाट सिद्ध भएको छ ।
यस परिस्थितिमा नेकपा एमालेको सम्पूर्ण पार्टीपंतिले आफुभित्र बस्तुनिष्ट आत्मसमीक्षा गर्दै एकतावद्ध भई उत्साहका साथ अगाडि बढ्न अपिल गर्दछु ।'