काठमान्डौ - प्रतिनिधि सभातर्फको १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइसकेको छ ।
यो समाचार तयार पार्दा सम्म प्रतिनिधीको सभाको प्रत्यक्ष तर्फ नेपाली काँग्रेसले ५३ ठाउँमा बिजयी भएको छ ।
यस्तै नेकपा एमालेले ४१ ठाउँमा जितेको छ ।
माओबादी केन्द्रले १७ ठाउँमा,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १० ठाउँमा , राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ ठाउँमा, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ ठाउँमा जितेको छ ।
यस्तै जनता समाजवादी पार्टीले ६ ठाउँमा, स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा, लोकतान्त्रिक समाजवादी पार्टीले ४ ठाउँमा जितेको छ। त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा, नेमकिपाले १ , जनमत पार्टीले १ र राष्ट्रिय जन्मोर्चाले १ ठाउँमा जित निकालेको छ । रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा छ ।
निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा प्रत्यक्ष तर्फको सबै नजिता आइसक्ने जनाएको छ । गणना बाँकी क्षेत्रमा चार स्थानमा काँग्रेस, दुई स्थानमा एमाले र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता छ ।