अत्तरिया - कैलाली -४ प्रदेश (२ ) मा भएको चुनावी प्रतिष्पर्धा मा काँग्रेस उम्मेदवार प्रकाश बम बिजयी भएका छन् । उनलाई गठबन्धन को पनि समर्थन थियो ।
बम आफ्ना निकटतम प्रतिद्वन्दी एमाले का हरि सिँ साउँद भन्दा ५ सय १६ मत बढी पाएर बिजेता बने । बमले १२ हजार ४७३ मत पाए । साउँदले ११ हजार ९५७ मत प्राप्त गरे । टिकट बितरण गर्ने क्रममा काँग्रेस मा प्रदेशको लागी अन्य धेरै नेता पनि आकांक्षी थिए तर संघ मा उम्मेदवारी दिएका बम ले टिकट पाए ।
बम काँग्रेस कैलालीको सभापति मा पराजित भएका थिए । उनी गोदावरी काँग्रेस भित्र का एक धार नेताहरुका पनि नेता थिए । बमले संघ मा टिकट दाबी गरेर प्रदेश को टिकट चलाकी पुर्ण तवरले लिएको भन्दै उनकै समुहका नेता रुष्ट थिए ।
त्यसपछि बम को उक्त समुह संग केही दिन पेचिलो छ्लफल बसाई पनि भयो । बम भुगोल को हिसाब मा( प्रदेश १ ) गौरीगंगा का बासिन्दा हुन । बम ले टिकट पाउनु अघि नै एमाले भित्र साउँदले पार्टी बाट टिकट पाइसकेका थिए।
काँग्रेस ले टिकट नपाउँदा सम्म साउँदलाई काँग्रेसबाट पाउने ब्यक्ति को चासो बढी नै थियो । उनी दैनिक रूपमा नै काँग्रेस नेताहरु को सम्पर्क मा रहने गर्दथे। एमाले भित्र साउँदलाई टिकट लिन खासै सकस भएन । ऊनी गोदावरी नगरपालिकाका निबर्तमान मेयर पनि हुन ।
उनी संगै प्रदेश मा एमाले भित्र टिकट मा मुख्य दाबी एमाले प्रदेश कमिटी सदस्य मान बहादुर रावल र पुर्ब साँसद कृष्णराज सुवेदी को पनि थियो । रावलले पछि पार्टी नै परित्याग गरे । साउँदलाई पछि पार्टी ले नै टिकट दियो । उता बमलाई काँग्रेस ले प्रदेश को टिकट दियो । बम ले टिकट पाएपछि साँउदले रिल्याक्स फिल गरे र उनको टिम ले अब चुनाब सजिलै जितिन्छ भनी नै रह्यो । एमाले मा सकृय रहेका एक नेताले भनेका थिए - 'हरि को भाग्य नै राम्रो छ , बम ले टिकट पाए अब सजिलै हरिले जित्छन , काँग्रेसका अरु नेताले पाएको भए गार्हो हुन्थ्यो । '
साउँद को प्रचार प्रसार शुरु भयो उनले धेरै मतदाता संग सम्पर्कमा रहने प्रयास पनि गरे । उनको टिम पनि त्यही अनुसार परिचालन भएको थियो । स्वभावले कमै बोल्ने साउँद ले मेयर हुँदा पनि प्रदेश मा चुनाव लडने तयारी का साथ आफ्नो कार्य योजना अगाडि बढाउन थालेका थिए । उनको कार्यकाल त्यति धेरै बिबादित पनि रहेन ।
उनले २०७४ मा पनि पार्टी ले मेयर को टिकट दिँदा जित्ने होइन लडने मात्रै त हो भनेर आफुलाई तत्कालीन एमाले इन्चार्ज भिम रावल ले टिकट दिएको बेला बेलामा सुनाउने गर्दथे । यो पटक भने उनको कन्फिडेन्ट अलि धेरै नै थियो । उनले मतगणना को शुरु देखि नै लिड गरेका थिए । तर आफ्नै वडा गोदावरी -२ मा झडका खाए । त्यसपछि निरन्तर ३,४,५,७,१०,११,१२ मा निरन्तर कम मत पाए । उनले धेरै नै अपेक्षा गरेको ७ , ११,१२ मा पनि कम मत पाएपछि उनी पराजित भएका छन् ।
साउँदले दिउँसो पार्टी को कोर्डिनेसन मा काम गरे पनि चुनावी प्रचार आफ्नै मौलिक शैली मा गर्न खोजेका थिए । उनको टिम पनि पार्टी को कोर्डिनिसेन भन्दा पनि ब्यक्तिगत शैली मा नै परिचालन भएको थियो ।
उता काँग्रेस का बम कमजोर उम्मेदवार भनेर हल्ला चल्न थालेपछि बमलाई जिताउनु पर्छ भने काँग्रेस भित्र एक खाले जनमत नै तयार भयो ।
तत्कालै मेयर को कार्यकाल सकेका साउँदका कमि कमजोरी मा बम ले वडा वडा मा प्रहार गरेर बिशेशत काँग्रेस मतदातालाई आफ्नो पक्षमा पार्न सफल भए ।