अत्तरिया -कैलाली -४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलाएर बिजयी भएका छन् । उनले एमालेका उम्मेदवार लेखराज भट्टलाई ३ हजार ६०७ मतले पराजित गरेका हुन। हिजो सम्पन्न अन्तिम मत परिणाम अनुसार बलायरले २६ हजार २२० मत पाएका छ्न भने भट्टले २२ हजार ६१३ मत प्राप्त गरेका छन्।
निर्बाचन क्षेत्र नम्बर ४ मा कुल ६४ हजार १५८ मत खसेको थियो। स्थानिय तहमा पाएको मत परिणाम अनुसार दुबै उम्मेदवारले गोदावरी र चुरेमा झण्डै उस्तै उस्तै मत पाएका छन् । तर गौरीगंगा र मोहोन्यालमा बलायरले राम्रै मत पाएका छन्।
एमाले उम्मेदवार भट्टले गौरीगंगामा कमै मत पाउने अनुमान गरिएको थियो । उक्त क्षेत्रमा माओबादीको झण्डै ५ हजारको हारहारीमा मत थियो । त्यो मत आफ्नो पक्षमा पार्न भट्टले सकेनन् । बलायरले भने समाजबादीका नेता दिर्घ बहादुर सोडारीको दरिलो साथ पाएका थिए । उनले गौरीगंगामा स्थानिय नेता कार्यकर्तालाई कस्दै लगेका थिए ।
निर्बाचन परिचालनको बेला पनि माओबादीका स्थानिय नेताहरुलाई महत्वपुर्ण जिम्मेवारी दिएर बलायरले कडा निगरानीमा आफु संगै राखेका थिए। भट्ट पूर्व माओबादी नेता हुन । अहिले पनि यो क्षेत्रमा माओबादीका स्थानिय नेताहरु भट्ट माओबादीमा हुँदा उनकै निकटमा रहेर काम गर्नेहरु बढि नै थिए ।
तर उनिहरुलाई रिझाउन नसक्दा भट्टले माओबादीबाट अपेक्षाकृत मत पाउन नसकेको चर्चा पनि छ ।
स्थानिय तह अनुसार दुबै उम्मेदवारले पाएको मत बिबरण :
महोन्याल ५ मा
वीर बहादुर बलायर (रुख)- ३९४
लेखराज भट्ट (सुर्य)- २६८
फरक -१२६ (बलायरको पक्षमा)
चुरे
वीर बहादुर बलायर (रुख)- ३०७९
लेखराज भट्ट (सुर्य)- ३२२६
फरक - १४७ (भट्टको पक्षमा)
गोदावरी नगरपालिका
वीर बहादुर बलायर (रुख)-१२८७६
लेखराज भट्ट (सुर्य)- १२६९४
फरक - १८२ (बलायरको पक्षमा)
गौरीगंगा गाउँपालिका
वीर बहादुर बलायर (रुख)-९८२२
लेखराज भट्ट (सुर्य)- ६३९९
फरक - ३४२३ (बलायरको पक्षमा)