बझाङ – जिल्लामा पशु बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । किसानका लागि नेपाल सरकारले ल्याएको पशु बिमा कार्यक्रम पछिल्लो समयमा प्रभावककारी बन्दै गएको छ ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेडले पशु बीमा गर्दा पशु धनीहरुको समेत बीमा हुने र ७५ प्रतिसत नेपाल सरकारको र २५ प्रतिसत बिमितको हुने भएपछि यतीखेर बझाङ जिल्लाका किसानहरुमा पशु बीमा तर्फ आकर्षण बढ्दै गएको हो । पशु बीमाका वारेमा बुझ्दै गएपछि किसानले धमाधम पशु बीमा गर्न थालेको राष्ट्रिय बिमा कम्पनी लिमिटेड बझाङका प्रमुख जोती राज जोशीले बताए ।
जोशीका अनुसार पछिल्लो समयमा पशुको बीमा गर्ने किसानको सङ्ख्यामा उल्लेखीय वृद्धि भएको र किसानलाई बार्षिक रुपमा थोरै रकम खर्च गरे धेरै रकम पाँउने भएकाले किसानहरु पशु बीमा तर्फ आर्कषण बढेको हो ।
सुरु सुुरुमा पशु बीमाका विषयमा किसानलाई बुझाउन निकै समस्या पर्थौे अहिले किसानहरु आफै पशुु बिमा गर्न अफिसै आउने गरेको राष्ट्रिय बिमा कम्पनी लिमिटेड बझाङका फिल्ड कर्मचारी धनभत्त रतालाले बताए ।
बझाङ जिल्लावाट जेठ २ गतेवाट आधिकारीक रुपमा कारोवार सुरु कम्पनीले चार महिनाको अवधीमा २ सय ५४ जनाले पशु बिमा गरी सकेको र तीमध्ये ६ जनाले पशुको दाबी भुत्तानी पाईसकेको र वाकी पाँच छ जनाको दाबी भुत्तानी दिन वाकी रहेकोे प्रमुख जोशीले बताए ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेडले अहिले पर्वतारोही बिमा ,सवारी साधन बिमा ,धर जग्गा बिमा ,हवाई बिमा ,सामुर्दीक यात्रा बिमा, धन सम्पती बिमा ,बालीनाली बिमा ब्यात्तिगत जिवन बिमा श्रमिक मुआव्जा बिमा, बिदेशयात्रा औषधी उपचार बिमा इञ्जीनिरीङ बिमा गर्ने गर्दै आएको छ ।