अत्तरिया - अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाकी नगरप्रमुख रत्ना कडायत रहेकी थिईन ।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उप प्रमुख कडायतले दशै दिपावली तथा छठ पर्वलाई शान्तीपूर्ण र सभ्य रुपमा मनाउँन सबैमा आग्रह गरिन । उनले उद्योग बाणिज्य संघ र गोदावरी नगरपालिका विगत देखि नै संग संगै सहकार्य गरेर अगाडी बढेको र आगामी दिनमा पनि सहकार्य गरेर गोदावरी नगरपालिका अगाडी बढ्न तयार रहेको बताईन ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी ज्ञान बहादुर बिष्टले चाडपर्वका समयमा सुरक्षा चुनौती अझै बढ्ने भएकाले प्रहरी सतर्क रहेको बताए । उनले बढी सुरक्षा चुनौती हुने अत्तरिया क्षेत्रमा प्रहरीले बिशेष सुरक्षा व्यवस्था मिलाएको बताए ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटाले अत्तरिया उद्योग बाणिज्य संघ चाडपर्वका समयमा हुन सक्ने सुरक्षा चुनौती लगायतका बिषयमा ईलाका प्रहरी कार्यालय, गोदावरी नगरपालिका संग सधै सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताए । उनले उद्योग बाणिज्य संघले बिगतका बर्षहरुकै कार्यक्रमलाई निरन्तरता दिदै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको बताए ।

अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञ राज जोशीले संचालन गरेको कार्यक्रममा स्वागत मत्यव्य अत्तरिया उद्योग बाणिज्य संघका उपाध्यक्ष कल्याण सिंह बोहराले राखेका थिए ।
बिहिबार अत्तरिया उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा अत्तरिया क्षेत्रका व्यवसायी, शिक्षक, बिभिन्न संघसस्थाका प्रतिनिधि , पत्रकार लगायतको सहभागीता रहेको थियो ।