अत्तरिया - कैलालीको अत्तरिया सहित देशभर नेपालीहरुको महान चार्ड बिजया दशमीको चहलपहल सुरु भई सकेको छ । दशै तिहारकै लागि भनेर अहिले कामको शिलशिला होस् या पढाईको शिलशिलामा बाहिर गएकाहरु आ आफ्नो घरतिर फर्किन थालेका छन् । अन्य चार्डपर्व भन्दा केहि फरक तरिकाले मनाइदै आएको दशैमा नयाँ लुगाहरु लगाउने, खसीको मासु खाने , आफन्त–साथीभाईहरु रमाईलो गर्ने चाडका रुपमा समेत परिचित हुदै आएको छ ।
पहिला पहिला बर्ष , छ महिनामा एक पटक मात्रै लुगाकपडा किन्ने र दशै आउन एक महिना पहिले देखी यस बर्ष कस्तो लुगा लगाउने , कस्तो किन्ने भनेर किनमेलका लागि बजारमा पुग्नेहरुको निकै भिड लाग्ने गर्दथ्यो । दशैंमा खसी बोका देखि लत्ताकपडा, खाद्यान्न देखि सवारी साधन सम्मको विक्रीमा ग्रहाकलाई छुटको समेत ब्यवस्था मिलाइएको हुन्छ ।
आज दशैको पाचौ दिन भैसकेको छ । व्यापार व्यवसाय गर्नेहरुका लागि योे सिजन सबैभन्दा ठूला हो । यस बेला ब्यापारीहरु निकै ब्यस्त हुने गर्दछन् । यद्धपी अत्तरिया बजारका ब्यापारीहरु भने यो बेला पनि निकै फुर्सदिला जस्ता देखिएका छन् । अत्तरिया बजारमा मानिसहरुको चहलपहल बढ्न सुरु भएपनि ब्यापार भने बढ्न नसकेको ब्यापारीहरु बताउँदछन् । चार्डवार्डको समय नजिकिदै गर्दा बजारमा ब्यापार ब्यबसायको अबस्था बुझ्न गोदावरी न्युज टिम अत्तरिया बजारको पुग्यो ।
टिम अत्तरिया बजारमा पुग्दा बजारमा क्षेत्रमा मानिसहरुको केहि चहलपहल थियो । अत्तरिया बसपार्कमा थुप्रै मानिसहरु आ आफ्नो गन्तब्य तर्फ लाग रहेका थिए । बसपार्कमा केहि भिडभाड बढेपनि बजारमा रहेको पसलहरु भने सुनसान जस्तै थिए भने ब्यापारीहरु फुर्सदिला थिए । यस बिषयमा कुराकानी गर्दा अत्तरिया केहि ब्यापारीहरुले यस्तो प्रतिकृया दिए ।
पहिला दिनमा ५०–६० हजारको कारोबार हुन्थ्यो भने अहिले २०–२५ हजार पनि मुस्किलले भैरहेको छ
दुर्गाप्रसाद प्रसाई
अत्तरिया उधोग बाणिज्य संघका पुर्व उपाध्यक्ष एबम् ब्यापारी
अहिलेको अबस्थामा अत्तरिया बजारको ब्यापार ब्यवसाय खस्किदो अबस्थामा छ । यस अघिका बर्षहरुमा यो बेला पानी खाने फुसैद हुदैन्थ्यो तर यस बर्ष भने खै किन हो बुझ्नै सकिएको छैन हामी पनि हेरिरहेका छौ । दशैतिहारको चहलपहल बढेपनि बजारमा भने केहि छैन । यस अघि बर्षको ब्यापार र अहिलेकोमा धेरै फरक परेको छ ।
पहिला यो सिजनमा एकै दिन ५०–६० हजारको ब्यापार हुन्थ्यो भने अहिले २०–२५ हजारमा आएको छ । यो किन घट्यो भनेर हामीले बिचार गर्दा पहिलाको दशै र अहिलेको दशै पनि केहि परिर्वतन हुदै गएको छ । पहिला जस्तो दशै आज भोली हुन छोड्यो । अर्को बर्खाको समय पनि छ निरन्तरको पानीले बिभिन्न सडकहरु अबरुद्ध छन् ।
गाँउघरवाट आउनेलाई पनि समस्या भैरहेको छ । अर्को कारण बजारमा पसलहरु हिजो भन्दा आज धेरै बढेको छ । ग्राहक भन्दा ब्यापारीहरु नै बढि हुदा ब्यापार घटेको हो कि भन्ने आकलन गर्न सकिन्छ ।
कारोबार बढ्ने आशा गरौ ब्यपारीहरु नआत्तिऔ
लिलाराम सापकोटा
गोदावरी चेम्बर अफ कर्मशका महासचिब एबम् ब्यापारी
अहिले नेपालीहरुको महान चार्ड दशै तिहार लगाएतका चार्डवाड मुखैमा आइसक्दा पनि अत्तरिया बजारको ब्यापार मन्दि छ । ब्यापारीहरुले रिण सापट गरेर बैंकको ब्याज पनि तिर्न सकिने अबस्था छैन अहिले । बेमौसमी जस्तै अहिले ब्यापार भएको छ । र अहिले एक त असार साउनमा आउने झरी यो भदौ असोज चार्डवार्डको बेला आएर बर्षा भैरहेकाले पनि समस्या भएको छ ।
सामानहरु खरिद बिक्रिका लागि बजारमा मानिसहरु आउन पाएका छैनन् । अहिले खाना नालाहरु प्नि खुलेका छन् , काम गर्ने मजदुरहरु निकै ब्यस्त छन् । बजारमा आउन पाएका छैनन् । यस्तै कर्मचारीहरुको पनि तलब आएको छैन यसले गर्दा बजारमा दशैको सपिङ्ग गर्नेहरु आउन पाएका छैनन जस्तो मलाई लाग्छ । म आफै अच्चमित छु , मैले अत्तरिया बजारमा ब्यापार गर्दै आएको १८–१९ बर्ष भयो , पहिलो पटक यस्तो रेकर्ड हो यो । घटस्थापनावाट त निकै ब्यापार बढ्ने गर्दछ तर यस बर्षभने सबै ब्यापारीहरु निराश छन् ।
तर पनि केहि छैन म एउटा ब्यापारीहरुको हक हितमा लाग्ने ब्यवासायी भएकाले सबै ब्यापारीहरुलाई धैर्यता राख्न आग्रह गर्छु । सबै ब्यापारीहरुलाई मेरो आग्रह अबको दिनमा कारोबार बढ्छ आशा गरौ तर नआतिऔ ।
चार्डवार्डमा पनि कारोबार नहुदा निकै निराश भएका छौ
दिपिन साउँद
अत्तरिया उधोग बाणिज्य संघका सदस्य एबम् ब्यापारी
ब्यापारको अबस्था खस्किदै गएको छ । आज दशैको पाचौ दिन हो । अघिल्ला बर्षहरुमा यो सिजनमा बजार क्षेत्रको रौनक छुट्टै हुन्थ्यो तर यस बर्ष भने खस्किदो अबस्थामा रहेको छ । ब्यापार धेरै भन्दा पनि धरै खस्किदो छ ।
खै के कति कारणले हो बुझ्न सकिएको छैन । अब केहि आशा गर्न सकिदैन , किन भने मानिसहरु आउने जाने क्रम अब लगभग सकिन लागेको छ मानिसहरु आ आफ्नो गन्तब्य तर्फ गैसकेका छन् । देशको अबस्था , आर्थिक मन्दी सबै कारण हुन सक्छ । अरु बेलाको भन्दा चार्डवार्डको बेला पनि कारोबार नहुनुले निराश बनाएको छ ।
पहिलाको तुलनामा त पुग्न गाह्रो छ तर ठिक ठिकै छ
भिमराज सापकोटा
अत्तरियाका ब्यापारी
अब पहिलाको तुलनामा त छैन तर अहिले सम्म त ठिकै छ । पहिला चहल पहल केहि बढि हुन्थ्यो तर यस बर्ष त्यस्तो भने छैन । बजारमा चहलपहल र कारोबार बढ्ने आशा भने गरेका छौ । ब्यापारीहरुले बर्षदिनको एक दुई दिन यहि दशै तिहारमा हो राम्रो ब्यापार गर्ने तर अहिले त्यो हुन सकेको छैन् । एउटा कुरा आजभोलीको दशै पनि फेरिदै गएको छ ।
चार्डवार्डको महत्वपनि पहिलाको तुलनामा घट्दै गएको पाइन्छ । पहिला पहिला दशै तिहार ,मेला पर्वमा नया लुगा किनिथ्यो सबै रमाउन सपिङ गर्न भनेर बजार तिर आउथ्ये उसै रमाईलो लाग्थ्यो तर अहिले त्यो अबस्था छैन् । समय र परिस्तिथीले गर्दा पनि ब्यापार ब्यबसायको कारोबारमा केहि कमि आएको मैले मानेको छु । अझै आशा छ यो २–४ दिनमा बढ्छ कि भन्ने ।
अरु बर्ष पानी खाने फुर्सद हुदैनथ्यो यो बर्ष फुर्सदिला छौ
शशिराम आर्चाय
अत्तरियाका ब्यापारी
दशै नजिकिदै छ तर ब्यापार छैन । ब्यापर त्यस्तो केहि पनि छैन । खै किन हो केहि बुझ्न सकिने अबस्था छैन । पहिलाको तुलना गर्न सक्ने अबस्था नै छैन ।
पहिला त यो सिजनमा हामीलाई एता उती हेर्न र पानी खाने फुर्सद हुदैनथ्यो तर यो बर्ष हेर्नु यस्तै बसिराको छौ । ब्यापार नभएपछि यो बर्ष फुर्सदिला छौ । अब केहि आशा गर्ने अबस्था पनि छैन ।