अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा रहेको गौरीशंकर टोल सुधार संस्थाको आयोजनामा संचालन भैरहेको दोस्रो संस्करणको सुदुर गारमेन्ट जिएसटी कपको उपाधिका लागि पिएफए स्पोट्स क्लब अत्तरियाको टिम र बनदेबी युवा क्लब तेघरीको टिम भिड्ने भएका छन् । बुधबार सम्पन्न भएका सेमिफाईनलका खेलहरुमा जित हात पार्दै दुवै टिमले फाइलनको यात्रा तय गरेका हुन् ।
बुधबार दिउँसो १ बजे हुने भनिएको खेलमा बाकओभर पाएर बनदेबी युवा क्लब तेघरी बिजयी हुदै फाइनलमा प्रबेश गरेको छ । यस्तै बुधबारको अन्तिम सेमिफाईनल खेल पिएफए स्पोट्स क्लब अत्तरिया र स्मृति युवा क्लब बसन्तपुर बिच भएको थियो । जसमा स्मृति युवा क्लब बसन्तपुरलाई १–० ले हराउदै पिएफए स्पोट्स क्लब अत्तरिया बिजयी भएको छ ।
निकै प्रतिस्पार्धात्म भएको उक्त खेलमा खेलको समय अबधिमा कुनै पनि टिमवाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा पनि दुवै टिमको निकै प्रतिस्पार्धा भयो । पहिलोमा कुनै पनि टिमवाट गोल हुन नसकेपछि दोस्रोमा पिएफए स्पोट्स क्लब एक गोल गर्न सफल भएको हो ।
बिजयी भएसंगै पिएफए स्पोट्स क्लबले पनि आफ्नो फाईलनको यात्रा सुरक्षित गरेको छ । खेलको म्यान अफ द म्याच पिएफए स्पोट्स क्लबका खेलाडी दिनिज देउवा भए र उनले नगद रु ५ सय हात पारे । प्रतियोगितामा सहभागि दर्शकहरुले सेमिफाइनलको खेलै निकै रोमाञ्चक लागेको प्रतिकृया दिएका छन् । नकाउट चरणका आधारमा खेलाई रहेको खेलहरु अन्र्तगत बिहिवार अन्तिम फाईलन खेल हुने प्रतियोगिताका संयोजक लोकेन्द्र साउँदले जानकारी दिए ।
उनका अनुसार बिहिवार दिउँसो १ बजेवाट एक भब्य समारोहका बिच कार्यक्रम सुरु हुने ३ बजे फाईनल खेल हुने बताए । फाईलन खेलका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भैसकेको उनले बताए । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका सुरु भएको प्रतियोगीतामा कैलाली र कञ्चनपुरका गरी जम्मा १५ ओटा टिमले सहभागिता जनाएका थिए । नकाउट चरणका आधारमा भैरहेका खेलहरु गौरीशंकर टोलको आफ्नै खेल मैदान तेघरीमा भैरहेको छन् ।
प्रतियोगितामा बिजेता हुने टिमले नगद ३० हजार र उप बिजेताले नगद १५ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ५ सय र अन्य बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले नगद ३ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन । खेलकुदको मध्यामवाट स्थानिय स्तरमा रहेका खेलाडीहरुलाई उर्जा प्रदान गर्न , नया खेलाडीहरु उत्पाद गर्न र आफ्नो गाँउ ठाँउको बिकासमा पनि टेवा पुग्ने आशाले प्रतियोगिताको आयोजना गरिएको गौरीशंकर टोल सुधार संस्थाका अध्यक्ष पदमराज ओझाले बताए । उनले फाईलन खेल अबलोकनका लागि सबैलाई आग्रह गरे ।