अत्तरिया – कैलालीको गोदावरी नगरपालिका २ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई उपमेयर रत्ना कडायतले सहयोग गरेकी छिन । गोदावरी नगरपालिकाकी उप मेयर कडायतले बुधबार सेभ हाउसमा गरिएको एक कार्यक्रमका बिच २० हजार नगद रकम सहयोग गरेकी हुन ।
सेभ हाउसमा रहेका बालबालिकाले अरु बालबालिका सरह दशै मनाउन पाउँन भन्ने उद्देश्यले व्यक्तिगत रुपमा आफूले सहयोग गरेको उप मेयर कडायतले बताईन ।
‘महिला तथा बालबालिका सेभ हाउसमा बसेका बालबालिकाहरुको अबस्था एकदमै नाजुक रहेको छ । सेभ हाउसका बालबालिकालाई पनि दशैमा मिठो मसिनो खाने नयाँ लुगा लगाउने चाहना हुन्छ ।’ उपमेयर कडायतले भनीन् – ‘बालबालिकाहरुको चाहना पुरा गर्नको लागि थोरै भएपनि सहयोग पुगोस भन्नका लागि आफूले सहयोग गरेकी हु ।’
उनले सेभ हाउसका लागि नगरपालिकाको सहयोगलाई निरन्तरता दिने र आगामी दिनमा आफूले प्रदेश सरकार लगायत बिभिन्न संघ सस्थाहरु संग समन्वय गरेर सेभ हाउसलाई सहयोगका लागि पहल गर्ने बताईन ।
महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीले चाडपर्वका समयमा नगरपालिकाकी उपप्रमुखले गरेको सहयोगले बालबालिकाको अनुहारमा खुसी थपिएको बताईन ।
‘ सहयोग रकमले बालबालिकामा हौसला थपेका छ ।’ अध्यक्ष मलासीले भनीन्– ‘चाडपर्वका समयमा बालबालिकाले नयाँ लुगा लगाउन पाएका छन ।’
उनले सेभ हाउसको आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागि अपिल समेत गरिन । उनले सेभ हाउसमा सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका आमाबुवा नभएका, बिभिन्न समस्यामा परेका महिला बालबालिकाले बस्ने गरेको बताईन । सेभ हाउसमा अहिले २५ जना महिला तथा बालबालिका रहेको अध्यक्ष मलासीले बताईन ।