काठमान्डौं- मंसिरमा ४ गते हुने चुनावबाट प्रतिनिधि सभा र प्रदेश सभामा ८ सय २५ सदस्य चयन हुदैंछन् । यसका लागि ११ हजार ५ सय ४३ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक गरी ११ हजार ५ सय ४३ जना उम्मेदवार चुनावी मैदानमा रहेका हुन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४ सय १२ जना र प्रदेशसभातर्फ ३ हजार २ सय २४ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १ सय ९९ उम्मेदवार बन्दसुचीमा छन् । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षबाट १ सय ६५ र समानुपातिकबाट १ सय १० गरी २ सय ७५ जना संसदमा पुग्नेछन् ।
प्रदेशको समानुपातिकतर्फ प्रदेश १ मा ६ सय १६, मधेस प्रदेशमा ८ सय ६३, बागमती प्रदेशमा ७ सय ५४, गण्डकी प्रदेशमा ३ सय ४४, लुम्बिनीमा ५ सय ७९, कर्णालीमा २ सय , सुदूरपश्चिममा ३ सय ५२ जना उम्मेदवार बन्दसुचीमा रहेका छन् । प्रदेशसभाको प्रत्यक्षबाट प्रदेश १ मा ५६, मधेस प्रदेशमा ६४, बागमती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४, सुदुरपश्चिम प्रदेशमा ३२ जना चयन हुदैंछन् ।
प्रदेशको समानुपातिकमा प्रदेश १ मा ३७, मधेश प्रदेशमा ४३, बागमतीमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदुरपश्चिम प्रदेशमा २१ जना चयन हुनेछन् ।