अत्तरिया - नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले एमाले संग लड्न हिम्मत नभएर ५ दल एक भएकाे बताएका छन् । गोदावरी -१२ मा आयोजित प्रचार भेलालाई सम्बोधन गर्दै उनले देश बिकास मुद्धा नभएकाले हार्ने डर भएर ५ दल एकै भएकाे बताए।
५ दलका घाेषणा पत्रमा नेकपालाई कसरी समृ्द्धि बनाउने भन्ने याेजना नै नरहकाे वताउँदै उनले देशलाई तहसनहस बनाउन एक भएकाे आराेप लगाए । उनले विकास गरेर देशलाई समृद्धि बनाउनु भन्दा पनि देशलाई खाेक्राे बनाउन ५ दलिय गठबन्धन बनेकाे बताए ।
गठबन्धनकाे जित भए प्रधानमन्त्री काे बन्ने भनेर निर्वाचनकाे केही दिनमा लफडा हुने बताउदै गठबन्धनका नेता देश विकास भन्दापनि पदका लालच बनिरहेकाे बताए । उनले गठबन्धनकाे सरकार बने शेर बहादुर देउवा, प्रचण्ड, माधव नेपाल, रामचन्द्र पाैडेल, गगन थापा लगायतका नेताहरुले अब प्रधानमन्त्रिकाे भन्दै दावी गरिहरकाे बताए ।
एमालेकाे बहुमत सरकार बने यूवाहरुलाई देशमै स्वराेजगार बनाउन उत्पादन स्वदेशी बजार विदेशी, खेत वारीमा पानी खाडीमा हैन स्वदेशमै जवनी र देशका विभिन्न स्थानमा उद्योग स्थापना गरेर ५ बर्षमा ५ लाखलाई राेजगार दिने उनले बताए ।
अब्यवस्थित, सुकुम्वासि र भुमिहिनकाे ब्यवस्थापनका लागि एमालेले सरकारकाे नेत्रित्व गर्न आवश्यक रहेकाे बताउदै उनले गठबन्धन सरकारले लालपुर्जा वितरणका नाममा जनताबाट पैँसा असुल गर्न खाेजेकाे आराेप लगाए ।
उनले कैलालीका केही ठाउँ मा त एक कट्टाकाे लाखाै रकम समेत ताेकेकाे गुनासाे गरे ।