अत्तरिया -कैलाली -४ मा सबै उम्मेदवारहरु मतदाता सँग भोट् माग्न ब्यस्त रहेका छन । गाउँ गाउँमा पुगेर मतदातालाई भेटेर उनिहरु आ -आफ्नो पक्षमा मतदातालाई पार्न अन्तिम कसरतमा जुटेका छन् । यस क्षेत्रमा कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायर र एमालेका प्रदेश इन्चार्ज लेखराज भट्टबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।
बलायरलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ छ भने भट्ट एमालेको एकल बलमा चुनावी मैदानमा छन्। ६३ वर्षीय भट्ट र ५७ वर्षीय बलायर भोट माग्न दौड धुपमा रहेका छन् । बलायर कांग्रेस डोटीको पूर्वसभापतिसमेत हुन् । ०६४ मा संसदीय राजनीतिको यात्रा थालेका बलायरले चुनाव जित्न सकेनन् । तर,०७० को संविधानसभा निर्वाचनमा उनी डोटीको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
उता भट्ट २०६४ सालको संविधानसभा चुनावमा कैलाली–५ बाट विजयी भए । तर २०७० सालको चुनावमा भने यही क्षेत्रबाट कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए । उनले २०७४ मा भने कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गर्न सफल भएका थिए ।
स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा भट्ट बलायर भन्दा पछि नै छन् । यो क्षेत्रमा दुबैले आ आफ्नो जित रहेको दाबी गर्दै आएका छन् । यो क्षेत्रमा एकल एकल कांग्रेस र एमालेको मतको अन्तर धेरै फरक छैन ।
दुबैको वडा देखी नै पार्टी संरचना पनि उस्तै रहेको छ । यहाँ कांग्रेसको झण्डै २२ हजार र एमालेको २१ हजारको हारहारीमा मत रहेको छ । आगामी मंसिर ४ को निर्वाचनका लागि यहाँ एक लाख ४ सय ५२ मतदाता छन् । यहाँ डोटीबाट बसाइसराइ गरेर आएकाहरुको बाहुल्यता छ । यि दुबै उम्मेदवार पनि डोटी कै हुन ।
निर्णायक माओबादी
यो क्षेत्रमा मतको आधारमा निर्णायक मत माओबादीको हुने देखिएको छ । केही मत नेकपा यसको पनि रहेको छ । माओबादीको यो क्षेत्रमा सँघ र प्रदेशमा उम्मेदवार छैनन । यदपी गठबन्धनको माओबादी प्रमुख शक्ती हो । अहिले दुबै उम्मेदवार माओबादीका मतलाई आफ्नो पक्षमा पार्ने तिर लागेका छन् ।
कांग्रेसले माओबादी माथि पुरै भर्न पर्नु परेको छ भने एमालेले माओबादीका मतदातालाई रिझाउने पर्ने देखिन्छ । एमाले उम्मेदवार भट्ट पूर्व माओबादी सुदुरपश्चिमका कमाण्डर नै हुन । उनको माओबादीका निम्न भोटर माथि अहिले पनि प्रभाब कायम नै रहेको बुझिएको छ ।
यदपी माओबादीका स्थानिय अगुवा नेताहरु भने भट्ट प्रति त्यती सकारात्मक छैनन । भट्ट स्वयम पक्षका नेताहरु को बुझाईमा पनि उनको ब्यक्तीगत यस क्षेत्रमा राम्रो रहेकाले चुनाव जित्ने दाबी गर्दै आएका छन् । उता बलायरले पनि कांग्रेस भित्र कुनै गडबढी नहोस भनेर भित्र भित्रै कस्दै लागेका छन् ।
कांग्रेस समर्थकका पुर्ण भोट , नेकपा माओबादीका भोट र नेकपा यसका भोट गठबन्धन आउने र फराकिलो मतान्तर ले बिजयी हुने बलायर पक्षको बुझाई रहेको छ ।
उन्मुक्ती पार्टीको अबस्था
यस् क्षेत्रमा पहिलो पटक नागरिक उन्मुक्ती पार्टीले पनि चुनावमा आफ्नो उम्मेदवार उठाएको छ । थारु अगुवा कैया चौधरी प्रतिनिधी सभामा उम्मेदवार बनेका छन् । झण्डै २० हजार मत यस क्षेत्रमा थारु सामुदायका मतदाता रहेका छन् । प्रदेश को क मा थारु मतदाताको संख्या उल्लेख्य रहेको छ ।
गोदावरी न्युजको टिम केही थारु मतदाता रहेको ठाउँमा पुग्दा उक्त पार्टी प्रतिको आकर्षण पनि बढदो देखिन्छ। यो हिसाबमा उनले पाउने मत पनि अन्य दुई पार्टीका उम्मेदवारलाई जित्नको लागी चुनौती बन्ने देखिएको छ ।