अत्तरिया-स्वच्छ राजनीतिक पृष्ठभुमि, सरल जिवन शैलि र व्यवहारको पहिचान बनाएका प्रकाश बम अहिले चुनाबी प्रचारमा छन । कैलाली क्षेत्र नं. ४ (ख) मा बाम लोकतान्त्रिक गठबन्धका तर्फबाट प्रदेश सभा सदस्य पदका उमेरदवार नेपाली कांग्रेसका नेता बमको राजनितीक जिवन र निजि जिवन पनि सामान्य नै छ ।
डोटीको बडिकेदार गाउँपालिका वडा नं. १ रिसेडि मा वुवा चर्तुभुज बम र आमा पद्मा बमको कोखबाट वि.सं. २०१६ साल वैशाख १५ गते प्रकाश जन्मिएका हुन् । सानै देखि शान्त र जिज्ञासु स्वभावका प्रकाश पढाईमा पनि अब्बल थिए । उनको परिवार वि.सं. २०२२ सालमा तराई झर्यो । तराईमा विभिन्न जिल्ला र ठाउँबाट बसाई सरेर आएका मानिसहरुको रहन– सहन र संगतले प्रकाशको सोचाईको दायरा पनि बढ्दै गयो । थारु समुदाय प्रति अझ बढी झुकाब रहेको सम्झदै बम भन्छन् “मैले थारु साथीहरुबाट धेरै कुरा सिक्न पाए, उनीहरुको संस्कृती र ईमान्दारीताले मलाई सधै प्रभावित गरिरह्यो । राजनतिीक जिवनमा पनि उनीहरुको सहयोग र सद्भाव प्रति सधै क्रृणी रहन्छु ।”
“समाज प्रति केहि गर्नुे पर्छ भन्ने भावना सानै देखि थियो” बम भन्छन् “तर कुन माध्यमबाट गर्न सकिन्छ थाहा थिएन ।” विद्यार्थी जिवन मै रहदा प्रकाशले समाज सेवाको माध्यम बुझ्न पाए , राजनिती । त्यसैले उनले वि.सं. २०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनितीमा प्रवेश गरे । संग– संगै अध्ययनलाई पनि अगाढी बढाईरहेका प्रकाशले कानुन विषयमा स्नातक सम्मको अध्ययन पुरा गरे । वि.सं. २०४० सालदेखि २०४२ साल सम्म २ वर्ष वकालत गर्दा उनलाई महसुस भयो पुर्ण रुपमा जनताको सेवा र समाजको विकास राजनिती बाट मात्र सम्भव छ । त्यसैले उनले पुर्ण रुपमा राजनितीमा होमिने निर्णय गरे । उनको यो निर्णयलाई उनकि जिवनसाथी कल्पना देवि बमले साथ दिईन् । वि.सं. २०३९ साल देखी मालिका मा.वि. चौमालामा स्थायी शिक्षिकाको रुपमा सेवा शुरु गरेकी कल्पनाको दरिलो साथकै कारण पनि आफु सफल भएको बम सम्झन्छन् । “उनले जागीर गरिन् घर हेरिन् अनि मलाई साथ दिईन् उनी प्रति सधै कृतग्य छु ।” बम दम्पत्तीकि एक छोरी छन् ईच्छा बम ।
वि.सं. २०४३ सालमा भएको स्थानिय निकायको निर्वाचनमा (पार्टीले भाग लिएको) कैलाली जिल्लाको पञ्चायत सदस्यमा बम निर्वाचित भए । यहि समयमा उनले समाजमा धेरै काम गर्ने मौका पाए । त्यहि जोशले उनलाई निरन्तर काम गर्ने प्रेरित गरिरहेको छ । वि.सं. २०४६ सालको आन्दोलनमा उनले नेपाली राजनीती र समाजलाई अझ नजिक बाट नियाल्ने र बुझ्ने मौका पाए । आन्दोलनमा बमले खेलेको नेतृत्वदायी भुमिकाले अहिले पनि सम्झीने गरिन्छ । वि.सं. २०४९ सालमा उनी जिल्ला विकास समिती कैलालीको सदस्य भए ।
राजनितीमा कांग्रेस नेता बमको निरन्तता लोभ लाग्दो छ । उनले जिल्ला कार्य समितीमा १० वर्ष सदस्य पदमा रहेर काम गरे । नेपाली कांग्रेसको १२ औ अधिवेशन बाट सचिव पदमा चुनिएका उनीले १३ औ अधिवेशमा उप– सभापति को जिम्मेवारी पाए । भर्खरै सम्पन्न पार्टीको १४ औ अधिवेशनमा बम कैलाली जिल्ला सभापतीका लागी प्रतिस्पर्धामा थिए । यो प्रतिस्पर्धामा भने उनी पराजित भए । पार्टी भित्रको प्रतिस्पर्धामा पराजित भएपनि उनी आफुनो उर्जामा कमि नआएको बताउछन् । चुनाव पछि सबै एकढिक्का भएर चुनावमा होमिएका कारण नतिता सकारात्मक आउनेमा बम ढुक्क छन् ।
निर्वाचन आउन अब केहि दिन मात्रै बाकि छन् । बम आफु चुनाव जित्ने मा विश्वस्त छन् । पार्टी एक ढिक्का भएर अघि बढेको र बाम लोकतान्त्रि गठबन्धनको एकताले आफ्नो विश्वासमा झनै टेवा पुगेको बम बताउछन् । स्वच्छ र इमान्दार छवी भएका नेताका रुपमा चिनेने बम अबको आवश्यकता शुसासन र विकास भएको बताए ।
गाउँ– गाउँमा आर्थीक चेतना, आर्थीक जागरण अनिवार्य रहेको भन्दै उनले आर्थीक रुपान्तरणको माध्यमबाट मात्रै अब समाज गतिशिल रुपमा अघि बढ्ने कुरामा विश्वास व्यक्त गरे । आफ्नो क्षेत्र सम्पुर्ण रुपले सम्पन्न भएकाले योजना बद्ध रुपमा विकासको खाका बनाएर अघि बढे धेरै परिवर्तन गर्न सकिने कुरामा बम जोड दिन्छन् । आफु लामो समय देखी यहि क्षेत्रमा बसेको, यहाका प्रत्यक वडा र गाउमा पुगेकाले हरेको कुराको अनुभुती भएको उनी बताउछन् ।
यस क्षेत्रका पहाडि क्षेत्र चाप, सल्ली, नाइल, हाटखोली, फुलबस्ती, बुढीतोला, चुरे लगाएतका ठाउँ कृर्षि र पर्यटन गन्तव्यका रुपमा आकर्षक रहेकाले त्यहाँ योजना बद्ध रुपमा काम गर्न सके थुप्रै काम गर्न सकिने उनी बताउछन् । अत्तरिया बजार सुदुर पश्चिमको केन्द्र रहेकाले यसको व्यवस्थापन अनिवार्य रहेको बताउदै बमले अन्य ठाउँ र गाउँ मा सडक संञ्जाल जोड्ने र संञ्जाल जोडिएको ठाउँलाई थप व्यवस्थीत गदै लैजाने योजना सुनाए ।
वलानी क्षेत्रमा खानेपानी र सिचाईको प्रमुख समस्या रहेकोले त्यसको समाधानका लागी आफु तत्पर रहेको उनले बताए । यस क्षेत्रको बेरोजगारीको समस्या समाधान गर्नका लागी लघु उद्योगहरुको स्थापना, युवा स्वरोजगारका योजनाका माध्यमबाट निराकरण गर्न सकिने उनको विश्वास छ ।
यस क्षेत्रका समस्याहरु खानेपानी, विजुली, सिँचाई, सडक, तटबन्धन, पुल– पुलेसा निर्माण, शिक्षा एव्म स्वास्थ्य क्षेत्रको सुधार लगाएका कामहरु गर्नका लागी आफु सधै तल्लीन रहने कांग्रेस नेता एवम् क्षेत्र नं. ४ (ख) मा बाम लोकतान्त्रिक गठबन्धका तर्फबाट प्रदेश सभा सदस्य पदका उमेरदवार बमले प्रतिबद्धता व्यक्त गरे । चुनाव जितीसकेपछि आफ्नो सम्पुर्ण ध्यान यस क्षेत्रको सामाजिक र आर्थिक रुपान्तरणमा रहने उनले बताए ।