अत्तरीया- मेरो मत मेरो भविष्य नेपालको निर्वाचन खेल अन्तर्गत निर्वाचन हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कैलाली, कञ्चनपुर, सुर्खेत र बाँके जिल्लाका विभिन्न विद्यालयमा निर्वाचन हाजिरिजवाफ प्रतियोगिता गराई सम्पन्न भएको हो ।
मेरो मत मेरो भविष्य नेपालले आयोजना गरेको उक्त हाजिरजवाफ प्रतियोगितामा मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको बारेमा युवा तथा विद्यार्थीहरुलाइ जानकारी दिने उद्देश्यका साथ सम्पन्न भएको हो ।
मेरो मत मेरो भविष्य नेपाल नामक निर्वाचन हाजिरिजवाफ प्रतियोगिता अनलाईन कुईज प्रतिस्पर्धा र सर्प सिडिको खेल मार्फत प्रदेश नं ६ सुर्खेतका विभिन्न विद्यालयहरुमा, त्यस्तै प्रदेश न. ५ बाँके नेपालगञ्जका विभिन्न विद्यालयहरुमा र प्रदेश न. ७ कैलाली र कञ्चनपुरका विभिन्न विद्यालयहरुमा सम्पन्न गरिइएको हो ।
उक्त हाजिरिजवाफ प्रतियोगितामा निर्वाचन र निर्वाचन सम्बन्धी प्रश्न रहेका थिए । विशेष गरी निर्वाचनलाई कसरी सफल पार्नै, आफ्नो मतको कसरी सदुपयोग गर्नै, निर्वाचनमा युवाको कस्तो भुमिका रहन्छ, यावत खालका कुरामा जोड दिएर प्रतियोगीता गरिएको आयोजकले बताएको छ ।
त्यस्तै मंसिर ४ गते निर्वाचनमा युवाहरुलाई निर्वाचन सम्बन्धी जानकारी गराउन, कति मतपत्रमा मतदान गर्नुेपर्छ, कसरी मतपत्र बदर हुन बाट जोगाउन सकिन्छ र उक्त समयमा कस्ता यातायातका साधन हरू चल्न पाउछन्, लगायत निर्वाचन सम्बन्धी कानुनी संरचना बारे जानकारी गराई आगामी निर्वाचनमा आफ्नो मतको महत्व बुझाउने जस्ता जस्ता प्रश्नमा आधारीत भएर हाजिरिजवाफ प्रतियोगिता कार्यक्रम गरिएकोमेरो मत मेरो भविष्य नेपालले बताएको छ ।