अत्तरिया - बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता तथा कैलाली क्षेत्र नम्बर ४ (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार प्रकाश बमले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
गोदावरी न्यूज सँग कुराकानी गर्दै नेता बमले निर्वाचनको मिति नजिकिएसँगै आफ्नो आत्मबल र आत्मविश्वास बढ्दै गएको बताएका छन् । 'यसपाली मतदाताहरुमा पुराना प्रतिनिधिहरुप्रति आशा कम देखको छु र नयाँ अनुहार परिर्वतन गर्न उनीहरु चाहान्छन्, जुनसुकै ठाउँमा कार्यक्रम गरे त्यति नै ठाउँमा म प्रति मतदाताहरुले विश्वास र आत्मीयता देखाएको मैले पाएको छु', बमले भने ।
बाम गठबन्धन प्रति जनताले पूर्ण विश्वास गरेको भन्दै बमले आफ्नो प्रमुख एजेन्डा विकास र सुशासन रहेको बताए । विगतको प्रदेश सरकार अत्यन्त भ्रष्ट भएको आरोप लगाउदै उनले भ्रष्टचारमुक्त प्रदेश सरकार बनाउनु नै आफ्नो पहिलोे एजेन्डा रहेको बताए । संघबाट प्राप्त हुने बजेट प्रदेश सरकारले २५ प्रतिशत भन्दा बढी खर्च गर्न नसकेको देखिएकोले त्यसबाट प्रदेशलाई मुक्त पारेर प्राप्त बजेटलाई जनता सामु पु¥याउने आफ्नो जोड हुने उनले बताए । आफुलाई बाहिरको मान्छे भन्ने विपक्षीको नचाहिदो आरोप मात्रै भएको भन्दै बमले आफु यसै क्षेत्रको निवासी भएको र प्रतिद्वन्द्वी भन्दा पहिले देखि नै आफु वि.सं २०२१ साल देखि यस क्षेत्रमा बसोबास गर्दै आइरहेकोे दाबी गरे ।
शुरुमा आफ्नो दाबी संघमा भएपनि गठबन्धनका कारणले पार्टीले आफूलाई प्रदेशमा पठाएको नेता बमले बताए । चुनावमा बाम गठबन्धन एक ढिक्का भएर चुनावमा होमिएका कारण प्रतिनिधि सभा र प्रदेश सभामा आफूहरुको जित निश्चित रहेको उनको दाबी छ । ’मेरो जित सुनिश्चित छ त्यसैले एमालेका उम्मेदवार हरिसिंह साउँदलाई मैले प्रतिस्पर्धीको रुपमा हेरेको छैन्।’,बमले भने ।
उनले नेपाली कांग्रेसको कैलाली जिल्ला कार्यसमितिमा १० वर्ष सदस्य , ५ वर्ष सचिव र ५ वर्ष उपसभापति भइ काम गरिसकेका छन् । व्यक्तिगत स्वार्थका लागि नभइ देश र जनताका लागि काम गर्ने बताउँदै आफु कुनै लाभको पदमा नरहेको र पार्टीसँग लाभको पद माग समेत नगरेको उनले बताए । उनले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा जनताले आफुप्रति देखाएको माया, स्नेहा , विश्वासलाई भोलिका दिनमा जनताको सेवामा समर्पित गर्ने बताए । व्यक्तिगत स्वार्थ पूर्तिका लागि नभई संविधानको रक्षार्थ बाम-लोकतान्त्रिक शक्तिबीच गठबन्धन भई साझा उम्मेदवारका रुपमा चुनावमा होमिएको उनले बताए ।