अत्तरिया -नेकपा एमालेका सचिब लेखराज भट्टले जनतालाई ब्यस्ततालाई भनेजस्तो भेटन नपाएकोमा जनता सँग माफी मागेका छन् ।
उनले अत्तरियामा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै भने,' तपाईंहरुको एउटै गुनासो छ, लेखराज बिचमा आउन सकेन भनेर तर म यँहीबाट माफि माग्न चाहान्छु । मलाई अध्यक्ष कमरेडले उधोग बाणिज्यमन्त्री बनाएपछि कोरोना आयो, त्यसपछि जनताको काममा ब्यस्त भए, जनताकै जिउ धनको रक्षाको लागी लागेको थिए।'
भट्टले राजनितिक रुपमा आफुले माओबादी नछोडेको प्रचण्डले बरु कम्युनिष्ट एकता बचाउन नसकेको आरोप लगाए।
'हामीले परिबर्तनको लागी लंडाई लडेका थियौ तर कसैको परिवारलाई सत्तामा पुर्याउनको लागेको होइन, हामीले नेपाली जनताको लागी नेपालको परिबर्तनको लागी लंडाई लडेका थियौ , त्यो यथार्त हो ,' भट्टले भने,' अहिले मलाई भन्ने गरिन्छ त त एमालेमा प्रबेश गरिस एमाले सँग एकता कसले गरेको हो ? एकता त प्रचण्डले गरेको हो मैले यती भनेकै हो अब एकता गरिसकेपछि कम्युनिष्ट पार्टीलाई बचाउनु पर्दछ बलियो बनाउनु पर्दछ । तपाईंले अब जहाँ भन्यो त्यँहा जान्न ।अब यही मुलधारमा नै रहन्छौ र एकतालाई अझै उच्च तरिकाले अगाडी बढाउँछौ। केपी कै नेतृत्व मा समाजबादमा जान्छौ।'
भट्टले सुदुरपश्चिममा आफुले थुप्रै बिकासका काम भएको बताए । गेटा मेडिकल कलेज, शुक्खा बन्दरगाह, अत्तरिया धनगढी करिडोर, हरैयामा औधोगिक क्षेत्र स्थापना लगाएतका काम आफुले गरेको उनको दाबी छ।