अत्तरिया -पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल र माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि खनिएका छन् । उनले अत्तरियामा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै एकिकृत समाजबादी पार्टीलाई पानीमा हालेको खरानीको डल्लो सँग तुलना गरे ।
'माधव नेपालको पार्टी खरानीको डल्लो हो, पानी सुकेपछी सकिन्छ ,'ओली ले भने,' माधव कुमार नेपाल त यही चुनावबाट सम्पाप्त हुन्छन । त्यो पार्टी रित्तो भाँणो भइसक्यो । ४ गते भित्र त्यँहा भएका सबै आइसक्छन। प्रचण्डको हालत पनि त्यही हुने हो।'
अध्यक्ष ओलीले एमाले सिद्धाउँछु भन्नेहरु आफै सिद्धिँदै गएको बताए । उनले भने- ‘एमाले सिध्याउँछु भन्नेहरु आफैं सिद्धिँदै गएका छन् । माधव नेपाल, प्रचण्ड लगायतका मान्छेहरु क्रमश सिद्धिँदै गएका छन् ।' उनले एमालेलाई एकताबद्द बनाउन लेखराज भट्टहरुको महत्वपूर्ण भूमिका रहेको बताए।
ओलीले सुदुरपश्चिममा थुप्रै कामहरु आफ्नो सरकारले गरेको दाबी समेत गरे ।
'यँहा नजिकै गेटा मेडिकल कलेज तयार छ , मेडिकल विश्वबिधालय बनाउने भनेर हामी लागेका थियौ तर अहिलेको सरकारले डडेल्धुरामा लैजाने कुरा गर्दै छ। ठीक छ त्यँहा पनि राम्रो अस्पताल चलाउने हो तर अहिले तयार भएको मेडिकल कलेज त शुरु गरौ ,' उनले भने ।
अध्यक्ष ओलीले गोदावरी नगरपालीका सवै भन्दा वढी सुकुम्बाशी बसोबास गर्ने गरेको बताउँदै भने- हाम्रो सरकर बन्यो भने यसलाई छिट्टै अत्य गरिने प्रतिबद्धता समेत व्यक्त गरे।