अत्तरिया - सुदुरपश्चिम प्रदेशको स्थायी राजधानिसंग जोडिएको कैलालीको अत्तरिया बजारमा रहेका पसलहरुमा अनुगमन जारी रहेको छ । गोदावरी नगरपालिकाले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय धनगढी संगको सहकार्यमा गत बिहिवारदेखी सुरु गरिएको अनुगमनलाई निरन्तरता दिदै मंगलवार पनि अत्तरिया बजारमा रहेका किराना पसल, मिठाई पसल र होटलहरुमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा लेवल नलगाईएका खाद्यान्य पदार्थ, म्याद गुर्जेका समानाहरु गुणस्तरहिन खाद्यान्य पदार्थ फेला परेका छन् । बजार अनुगमनका क्रममा ६५ किलोग्राम भन्दा बढी अखाद्य बस्तु फेला परेको छ । अनुगमनका क्रममा ९ ओटा पसलबाट अखाद्य दलहन ५२ दशमलव ५ किलोग्राम , मसला जन्य पदार्थ ८ दशमलव १३ किलोग्राम र तेल ५ लिटर बरामद गरेको गोदावरी नगरपालिकाका नायब पशु सेवा प्राविधिक टेक बहादुर शाहुले जानकारी दिए ।
उनका अनुसार उक्त अखाद्य पदार्थ म्याद नाघेको , कुहिएको , लेवल नभएको र रंग प्रयोग गरिएका थिए । अत्तरियाको महेन्द्रनगर रोडमा रहेका ७ वटा किराना पसल, एउटा आईसक्रिम उद्योग र एउटा होटलमा अनुगमन गरिरएको थियो ।
अनुगमनमा गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत उज्वल कोईराला, नेपाल प्रहरी , नगरप्रहरी , गोदावरी नगरपालिकाका स्वास्थ्य, पशु, कृषि शाखाका प्रतिनिधि, एवम् पत्रकारहरुको सहभागीता रहेको थियो ।