डडेल्धुरा – राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कन समितिका सभापती निरादेवि जैरुले डडेल्धुरामा शान्ती सुरक्षा कायम गर्न अनुरोध गरेका छन । उनले यहाँका सुरक्षा निकाय, कर्मचारी, नागरिक समाज, राजनीतिक दल तथा पत्रकारहरुलाई समाजमा चांडबाडका बेला हुने विभिन्न प्रकारका दण्डनिय कार्यलाई निरुत्साहित गर्न अनुरोध गरेका हुन ।
चाँडबाडका बेलामा हुने जुवातास, मदिरा ओसार–पसार तथा सेवन, चोरी–डकैती, महिला हिंसालाई कम गर्नुपर्नेमा उनको जोड रहेको छ । मंगलबार डडेल्धुरा सदरमुकाममा कर्मचारी मिलन केन्द्रद्धारा आयोजीत ‘विजया दशमी, शुभ–दिपावली र छठ पर्व २०७६’ को शुभकामना आदान–प्रदान कार्यक्रममा जिल्लावासीमा शुभकामना व्यक्त उर्दै उनले यस्तो बताएका हुन ।
जिल्लावासीमा शुभकामना व्यक्त गर्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले चांडपर्वका बेला प्रशासनले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले जिल्ला सुरक्षा सतितिको बैठक मार्फत विभिन्न सुरक्षा योजनाहरु लागू गरिएको बताए ।
सुरक्षामा आउन सक्ने चुनातिहरुलाई विश्लेषण गरेको जनाउदै उनले सोही ढङ्गबाट सुरक्षाकर्मी परिचालन तथा सवारी साधनमा पनि कडाई गरेको बताए । उनले चाँडबाडको बेला नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै खाद्यान्न लगायतका वस्तुमा पनि अनुगमन गरेको जानकारी दिए । डडेल्धुरा सदरमुकाममा ९८ ओटा पसलमा अनुगमन गरेको उनले जनकारी दिए ।
शुभकामना आदान–प्रदान कार्यक्रममा जिल्लाका विभिन्न निकायका प्रमुख तथा प्रतीनिधिहरुले जिल्लावासीमा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा उन्नती प्रगतिको कामना गरेका छन ।