अत्तरिया -कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधी सभामा बाम गठबन्धन तर्फका उम्मेदवार वीर बहादुर बलाएर एमाले उम्मेदवार लेखराज भट्ट माथि खनिएका छन् । उनले गोदावरी नगरपालिकाका वडाहरुमा प्रचार भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । उनले आफुलाई टुरिष्ट भनेको प्रती आपत्ती जनाउँदै भने- 'मै यही क्षेत्रबाट जेल गएको हुँं, मेरो बुवा आमाको अन्त्यष्टी यही गोदावरीमा भएको हो। म कसरी टुरिष्ट भए।' उनले आफु क्षेत्र नम्बर ४ का २९ वडामा घुमेको बताए ।
'म यस क्षेत्रका २९ वडा पुगेको छु मोहन्यालको ५ नम्बर वडा बाहेक, मलाई त टुरिष्ट भन्थे मलाई नचिन्ने कुनै वडामा देखिएन,' बलाएर भने,' तर चुनौतीको साथ भन्छु तपाईंले ३ पटक चुनाव जित्नु भयो लेखराज जि ,लेखराज दाई प्रेत्यक वडाका २५ जनाको नाम भन्नुस् म उम्मेदवार फिर्ता लिन्छु । तर म सँग तपाईं यो पनि बुझ्नुस की हरेक वडाका २५ जनाको नाम फरर भन्न सक्छु । किनकी तपाईं सँग मान्छे सँग संगत गर्ने नियत छैन । यँहा तपाईंले समस्या नै समस्याको डुँगुर बनाउनु भएको छ त्यही सफा गर्न म आएको हुँं चाहे तपाईं टुरिष्ट भन्नुस चाहे के भन्नुस ।'
बलाएर ले लेखराज भट्टको हाउभाउ नै जनताले बुझ्न नसकेको जिकिर गरे। उनले चुनाब पछि लेखराज भट्ट जनताको दैलोमा पुग्ने नगरेकाले आफुलाई पनि अहिले दु:ख हुन लागेको बताए ।
'मलाई केही चाहिएको छैन, केही खानु छैन लेखराज दाईको जस्तो मन्त्रालय पनि चाहिएको छैन आफु मात्रै बस्ने एसी मात्रै लाउने झण्डाको हावा मात्रै जनतालाई खुवाउने । यदी मैले रोजेर मन्त्रालय पाएन भने म मन्त्री हुने होइन , यँहाका जनताको लागी काम लाग्ने मन्त्रालय लिने हो,'उनले भने।
बलाएरले एमालेले चुनाव जिते देशमा संबिधान पनि नरहने र देश झनै जटिलता तर्फ जाने दाबी गरे ।