अत्तरिया - २९ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा अत्तरियामा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा मंगलबार गोदावरी जेष्ठ नागरिक समाजले २९ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस समारोहको आयोजना गरेको छ ।
गोदावरी जेष्ठ नागरिक समाजका अध्यक्ष नन्दसी खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिहं साउँद रहेका थिए । त्यस्तै बिशिष्ठ अथितिमा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत रहेकी थिईन ।
ज्येष्ठ नागरिक दिवस समारोहमा बोल्दै नगरप्रमुख साउँदले जेष्ठ नागरिकको सम्मानका लागि गोदावरी नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले जेष्ठ नागरिकबाट अहिलेको पुस्ताले धेरै कुरा सिक्न सक्ने भएकाले जेष्ठ नागरिकको सबैले सम्मान गर्नु पर्ने बताए । ‘जेष्ठ नागरिक संग नजिक भएर कसरी जेष्ठ गरपालिका सम्मान गर्न सकिन्छ , कसरी रेखदेख गर्न सकिन्छ भन्ने वातावरण श्रृजना गर्ने नगरपालिकाको दायित्व हो त्यहि दायित्वका आधारमा नगरापलिका अगाडी बढेको छ ।’ नगरप्रमुख साउँदले भने –‘ गोदावरी नगरपालिका सदैभ जेष्ठ नागरिक प्रति सम्मान गर्ने गरेको छ । त्यहि अनुरुप प्रत्येक वडाका जेष्ठ नागरिकलाई सम्मान गरेका छौ ।’
कार्यक्रममा प्रत्येक वडाबाट २/२ जनालाई गोदावरी नगरपालिकका नगरप्रमुख र उपप्रमुखले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
गोदावरी नगरपालिका २ मा रहेको राधाकृष्ण मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा फाया नेपालले गोदावरी जेष्ठ नागरिक समाजको भवनका लागि कार्पेट र १० ओटा कुर्सी सहयोग गरेको थियो ।
कार्यक्रम अगाडी बिहान जेष्ठ नागरिकहरुले अत्तरिया बजारमा ¥यालि निकालेका थिए । ¥यालिमा गोदावरी नगरपालिकका जनप्रतिनिधि , १२ ओटै वडाका जेष्ठ नागरिक लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

गोदावरी जेष्ठ नागरिक समाजको आयोजना र गोदावरी नगरपालिकाकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा गोदावरी नगरपालिकाका १२ ओटै वडाका जेष्ठ नागरिकहरुको सहभागीता रहेको थियो ।

उल्लेख्य सहभागीता, फितलो व्यवस्थापन
२९ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा गरिएको कार्यक्रममा गोदावरी नगरपालिककाका १२ ओटै वडाबाट उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रम लागि गोदावरी नगरपालिका र फाया नेपालले सहजिकरण गरिरहेको भएपनि व्यवस्थापन भने फितलो देखिन्थोे ।
जेष्ठ नागरिकलाई कार्यक्रममा जुन तरिकाले सबैलाई बस्ने व्यवस्था हुनुपथ्यो त्यो समेत हुन सकेको थिएन । जेष्ठ नागरिक धेरै समय उभिन नसकेर कार्यक्रम भन्दा टाढा बस्ने ठाउँ खोजिरहेका थिए ।

ओलानीबाट आएका जेष्ठ नागरिक दलमानले कार्यक्रम राम्रो भएपनि सबैका लागि बस्ने व्यवस्था नहुँदा समस्या भएको बताए । जेष्ठ नागरिक तारा साउँदले बस्ने व्यवस्था सबैका लागि भईदिए राम्रो हुने बताए ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । नेपालमा ६० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई जेष्ठ नागरिक भनिन्छ ।
२०६८ सालको जनगणना अनुसार नेपालमा कूल जनसंख्याको ९ प्रतिशत अर्थात् २५ लाख बढी जेष्ठ नागरिक रहेका छन् । जेष्ठ नागरिक दिवसको अवसरमा अत्तरिया पनि बिभिन्न कार्यक्रम गरिदै छन ।