डडेल्धुरा -डा. तारा जोशी डडेल्धुरामा परिचित नाम हो । अझ कम्युनिष्टहरुमा त झनै लोकप्रिय नाम नै हो । धेरै यँहाका कार्यकर्ताहरु उनलाई आदर्श पनि मान्ने गर्दछन । अहिले उनै कम्युनिष्ट बिरासत बोकेका डा. जोशी स्वतन्त्रबाट चुनाबी मैदानमा होमिएका छन् ।
डडेल्धुराको प्रदेश सभा २ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जोशी २०५२ मा २४ बर्षको उमेरमा नेकपा एमालेको तर्फबाट जिल्ला प्रमुख बनेका थिए । २०५४ को स्थानिय निर्बाचनमा भने जोशी पराजित भएका थिए । २०६२ -६३ को जन आन्दोलनको अगुवाई समेत गरेका जोशी जेल समेत परेका थिए । जोशी २०६९ मा सर्ब सम्मत नेकपा एमाले डडेल्धुराको अध्यक्ष बनेका थिए ।
२०७० को संबिधान सभाको निर्बाचनमा उनी पराजित भएका थिए । २०७१ मा जोशी एमालेको पुन: जिल्ला अध्यक्ष बनेका थिए । उनी २०७४ को निर्बाचनमा पनि सोही निर्बाचन क्षेत्रमा प्रदेश तर्फ पराजित बनेका थिए । जोशी बिभिन्न सामाजिक कार्यमा पनि उत्तिकै सकृय रहेका थिए । उनकै अगुवाईमा डडेल्धुराका ३ वटा उच्च माबी हरुको स्थापना भएको थियो ।
जोशी एसियाकै उत्कृष्ट विश्वबिधालय भारतको जे एन यु बाट पिएचडी स्क्लर पनि हुन । अन्तराष्ट्रिय राजनिती र कुटनितीको बारेमा पनि उनको गहिरो रुची रहेको छ । अहिले उनकै अगुवाईमा ७ सय ७७ किसानको सहभागितामा मेघा भटमास कम्पनी 'फारवेष्टन एग्रो जाइन्ट' लिमिटेड सन्चालनमा आएको छ । जोशीले भिजन डडेल्धुराको प्रतिबादन समेत गरेका थिए ।
नेकपा बन्नु अघिको नेकपा एमाले मा उनको प्रभाब बलियो नै थियो । शान्त र शालिन स्वभाबका जोशी यँहाका कम्युनिष्ट कार्यकर्ता बिच लोकप्रिय नै छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओबादी मिलेर नेकपा बन्यो त्यो बेला उनी नेकपा मै सकृय थिए ।
तर नेकपाको बिघटन पछि नेकपा (एमाले) र माओबादी पुन: अलग अलग पार्टी बने । त्यसपछि नेकपा एमाले पनि बिभाजन भयो र माधव नेपालको नेत्रित्वमा नेकपा एकिकृत समाजबादी बन्यो । केही समय जोशी एकिकृत समाजबादी पनि बने । एकिकृत समाजबादीले जोशीलाई डडेल्धुरामा आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्बाचनमा टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिए । अहिले उनी गाउँ गाउँमा चुनाबी प्रचारमा जुटेका छन् ।
उनलाई चिन्ने बुझ्नेहरुले उनको जनमत यँहा राम्रो रहेको बताउने गरेका छन् । तर राजनितिक समिकरण भने उनका लागी चुनौती बन्ने देखिएको छ । सोही प्रदेशबाट गठबन्धनको तर्फबाट काँग्रेसका गोबिन्द बोहरा चुनाबी मैदानमा छन् ।
उनलाई माओबादी र एकिकृत समाजबादी को पनि साथ रहेको छ । यस्तै नेकपा एमालेको तर्फबाट गजेन्द्र शाही चुनाबी मैदानमा छन् । जोशीलाई काँग्रेस बिपीको कर्ण मल्ल समुहको साथ रहेको छ ।
स्थानिय निर्बाचनलाई आधार मान्ने हो भने गठबन्धनका उम्मेदवार बोहराको पल्ला भारी हुने देखिएको छ । तर यो निर्बाचनमा स्थानिय तह कै मतलाई आधार मान्न नसकिने कतिपयको बुझाई रहेको छ ।