कैलाली- कैलालीको घोडाघोडी नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण भएका संरचना हटाउन सुचनामै सिमित गरेको छ । नगरपालीकाले सडक अतिक्रमण गरी निर्माण भएका संरचना हटाउन दुई पटक सुचना प्रकाशित गरिसक्दापनि कार्यानवय भने हुन सकेको छैन् ।
नगरपालीकाले भाद्र ५ गते ३५ दिने अल्टिमेटम सुचना र कात्तिक २६ गते दोस्रो १५ दिने सुचना प्रकाशित गरेको थियो तर लागु हुन सकेन् । तिहार छठ पर्व पछि सडक अतिक्रमण गरी निर्माण भएका संरचना हटाउने नगरपालिकाले बताएता पनी अहिले कुनै कामनै सुरुवात भएको छैन् ।
सुचनामा तोकिएको समयमा अतिक्रमण हटाउँदा हुने क्षतिको जिम्मेवार नगरपालिका नहुने र अतिक्रमण हटाउँदा लाग्ने खर्च पनि अतिक्रमण गर्ने व्यक्तिबाट भराइने सुचनामा उल्लेख थियो । केही केही दिन अगाडी पालिकाबाट प्रदेश निर्वाचन कार्यालय सुदुरपश्चिम प्रदेशमा पत्र पठादा निर्वाचन आयोगले मंसिर ४ गते निर्वाचन सम्पन्न नहुँदा सम्म उक्त कार्य अगाडी नबढाउन निर्देशन दिएको छ ।
संरचना हटाउने कुरामा नगरपालिका आफ्नो निर्णयमा प्रतिबद्धमा रहेको नगर प्रमुख खडक बहादुर रावतले बताए । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भए लगत्तै सडक अतिक्रमण डोजर लगाएर हटाउने उनले बताएका छन् ।
तर यता घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यले भने निर्वाचन आयोगको निर्णय प्रति आपत्ति जनाएका छन् । उनले भने, काठमाडौँ, धनगढी लगायत अन्य पालिकाहरूमा निर्वाचनको समयमा सडक छेउका संरचना हटाउन सुरु गरे पनि आचार संहिता नलाग्ने अनि यता घोडाघोडीमा काम गर्न आचार संहिता लाग्ने भनेर उनले प्रश्न गरेका छन् ।
आफ्नो मत घट्ने चिन्ताले यहाँका राजनीतिक दलहरू चलखेल सुरु गरेको हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यले बताएका छन् । प्रचलित कानुन अनुसार सडक अतिक्रमण गरी बनाएका संरचना हटाउने कामलाई अगाडी बढाउने उनले दावी गरेका छन् ।
नगरपालिका भित्र पर्ने पूर्व पश्चिम राजमार्ग अतिक्रमण गरी सडक क्षेत्रमै भवन तथा खोका पसलहरू निर्माण भएका छन् । त्यस्तै यसरी सडक अतिक्रमण गरी संरचना निर्माण गरिँदा पनि नगरपालिले कुनै कदम नचलाएकोे कतीपयको भनाई छ ।
त्यस्तै यस नगरपालिका भित्र पर्ने पूर्व पश्चिम राजमार्गको २५ मिटर भित्र धेरै संरचनाहरू रहेको र धेरै संरचनाहरू भत्किने भएकोले त्यसरी संरचना बनाएर बसेकाहरूले रोक्नका लागि राजनीतिक दलका नेताहरूमार्फत दबाब बढाएको स्रोतको भनाइ छ । सर्वसाधारण, व्यापारी देखि अन्य व्यक्तिहरूले सडक सडक क्षेत्र अतिक्रमण गरेका छन्