कञ्चनपुर - राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका युवा नेता अशोक सिंह (सम्राट) यतिबेला चुनावी मैदानमा उत्रिएका छन । हिन्दुत्व धर्म रक्षा र युवाको हक अधिकार, भ्रष्टाचार बिरुद्धमा अभियान संचालन गर्दै आएका सम्राट अगामी ४ मंसिरमा हुने चुनावी मैदानमा उत्रिएका छन ।
पहिचान र युवाको एजेण्डा लिएर सम्राट कञ्चनपुर क्षेत्र २ प्रतिनिधी सभा सदस्यको चुनावी मैदानमा उत्रिएका हुन । उनी ०४२ सालमा दार्चुलाको मार्मामा जन्मिएका हुन । उनले माध्यामिक शिक्षा पहाडमै गरेर उच्च शिक्षाका लागि तराई कञ्चनपुरदेखि काठमाण्डौँसम्म विद्यार्थी जिवनमा देखी नै हिन्दुवादी अभियन्ताको भूमिका निर्वाह गरेका थिए । घर र मामा घरबाट राजनीतिमा आउनुपर्ने प्रेरणा पाएका सम्राटले राजनीतिमा आउने निधो गरेका हुन ।
‘मेरो घर परिवार मामा घरका बजे माननिय ईन्द्र बहादुर बमको प्रेरणाले म पनि राजनीतिमा आएको हुँ,' उनले भने, ‘राजनीतिबाट मात्रै समाज सुधार गर्न सकिन्छ भनेर अहिले को चुनावमा होमिएको हुँं ।' ०६५ सालमा शिवसेना नेपाल सेती महाकाली इन्चार्ज, ०६८ सालमा राप्रपा निकट युवा संगठन सुपको अध्यक्ष, ०७० सालमा समानुपातिक उम्मेदवार भएका सिंह ५ बर्ष अध्ययनका लागि जापान गएका थिए ।
राप्रपा पार्टी समिति सदस्यदेखि अहिले राप्रपा सुप प्रदेशमा सदस्य रहेका सिंहले पैसाको प्रलोभन र लोभ लालसा देखाएर गरिब विपन्नलाई प्रभावित पार्दै धर्मान्तर क्रिश्चियनकण भएको र त्यस बिरुद्धमा समेत आफुले संघर्ष गर्नु परेको भनाई छ । उनले चुनाव जितेमा जनताका आधारभूत समस्या समाधान गर्न तर्फ लाग्ने बताए ।
उनले भने, ‘जितेर आफु होईन जनता मोटाउनुपर्छ । समाज निर्माणका लागि गाँउ फर्क अभियान चलाउँदै युवाहरुलाई स्वदेशकै श्रम र नयाँ नयाँ कामका गन्तव्य अघि बढाउनुपर्ने तर्फ लाग्ने छु ।'
सम्राटले पहिचान, धार्मिक साँस्कृतिक मौलिकता, स्वाधिनता, राजसंस्था पुर्नस्थापना, भ्रष्टाचार निर्मुल, युवा पलायन रोक्ने, युवा रोजगारी, शिक्षा, स्वास्थ्यमा सुधार, पूर्वाधार विकास, आरक्षपीडित, भूमिहिन सुकुमबासीको पुर्नस्थापना, छाडा गाई व्यवस्थापन लगाएतका विकासका एजेण्डा अघि सारेका छन ।
कन्चनपुर २ मा गठबन्धनको तर्फबाट काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँद र एमालेको तर्फबाट नर बहादुर धामी पनि चुनाबी मैदानमा छन ।