अत्तरिया -कैलाली -४ प्रदेश 'ख' बाट एमालेको तर्फबाट उम्मेदवार बनेका हरि सिं साउँद प्राय कमै बोल्ने नेताका रुपमा परिचित छन् । अहिले उनी चुनाबी प्रचार को क्रममा घर दैलो मा छन् । स्थानियलाई भेटदा उनको एउटै शब्द हुन्छ 'आरामै' । उनी गोदावरी नगरपालिकाका निबर्तमान नगरप्रमुख हुन । एमाले बाट टिकट पाउने हिन्ट पाए देखी नै उनले तयारी शुरु गरेका थिए । उनले पहिलो चरणमा गोदावरी र चुरेका सबै वडामा भेटघाट गरिसकेका छन् ।
उनले आफ्नो पालामा धेरै काम भएपनी त्यसको प्रचार हुन नसकेको बताउने गरेका छन्। उनको कमै बोल्ने बानीको कारण मेयर हुँदा पनि आलोचना खेपेका थिए । तर कतिपयले उनको कम बोल्ने स्वभाबले राजनितिक रुपमा उनलाई फाईदा नै हुने गरेको बताएका छन् । उनी प्राय चोकका चिया अड्डाहरुमा भेटिदैनन ।
मतदाता सँग नियमित सम्पर्कमा रहने उनको फरक स्वभाब रहेको छ । अहिले पनि उनी दिनभर पार्टीका नियमित प्रचारमा रहेपनी अन्य समयमा भने स्थानिय निम्न मतदाता सँग जोडिने गरेका छन् । टिकट पाउनु अघि सम्म कांग्रेसबाट बन्ने उम्मेदवार मा आफ्नो जित हार भर पर्ने साउँदको बुझाई थियो ।
काँग्रेसबाट प्रदेश 'क' का काँग्रेस नेता प्रकाश बम प्रदेश 'ख' बाट उम्मेदवार बनेपछि साउँदको आँकलन चुनाव जितिन्छ भन्ने नै छ। साउँदको सम्बन्ध काँग्रेस नेताहरु सँग पनि उत्तिकै नजिक छ । अहिले पनि उनले काँग्रेस मतदाता सँग निरन्तर संपर्क बढाएका छन् ।
स्थानिय निर्बाचनलाई आधार मान्ने हो भने गठबन्धनका उम्मेदवार बम साउँद भन्दा निकै अगाढी छन् । तर यो निर्बाचन मा स्थानीय निर्वाचनकै आधार मान्न नसकिने साउँद पक्षको बुझाई रहेको छ । साउँदको बुझाईमा २०७४ मा पनि आफुलाई कमजोर उम्मेदवार नै भनेर पार्टीले टिकट दिएको हो तर आफुले जितेको बताउने गरेका छन् ।
अहिले पनि उनले आफुले नगरपालिकाको मेयर हुँदा जनताको पक्षमा काम गरेकाले मतदाताले जिताउने दाबी गर्दै आएका छन् । साउँद मेयर हुँदा ५ बर्ष स्वकिय बसेका एमाले नेता योगेन्द्र सिंह ले मेयर सापको आफ्नै स्वभाब रहेको बताए ।
'उँहाको आफ्नै स्वभाब छ, कम बोल्नु हुन्छ तर स्थानिय सँग उँहा राम्रै संपर्कमा रहनु हुन्छ,' सिंहले भने,' चुनाबी राजनितीमा उँहा परिपक्व नेता हो । उँहाको प्रचार शैली पनि आफ्नै खालको छ । उँहा चुनाव जित्नु हुन्छ ।'
साउँद प्राय रिसाएको पनि देखीदैनन । मतदाता वा कार्यकर्ता सँग धेरै डिसक्स नै नगर्ने उनको स्वभाब रहेको छ । केही छलफल गर्नु पर्ने भए आफ्नो कोर टिम सँग भने उनी सुझाब लिने गर्दछन् ।
'एमाले नेताहरुको बुझाईमा चुरे र गोदावरीमा एमालेको संगठन मजबुत नै छ । त्यसमा केही मत थप्ने रणनिती बनेपछि गठबन्धनलाई सजिलै जित्न सकिन्छ,' एमालेका एक नेताले भने ।
भेगिय हिसाबले डोटीका मतदाता यस प्रदेशमा धेरै नै छन् । साउँद पनि डोटी कै हुन । उनको डोटीका मतदातामा राम्रै प्रभाब रहेको एमालेको बुझाई रहेको छ ।
गठबन्धनका उम्मेदवार बम पनि भेगिय हिसाबले डोटीकै हुन । उनले पनि डोटीका मतदाता माथि निगरानी गरिनै रहेका छन्। साउँदले अहिले मेयर हुँदा असन्तुष्ट बनेका स्थानियहरुलाई भेटेर नै कन्भिन्स गर्न थालेका छन् ।