अछाम- प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नं. १ मा रोचक प्रतिष्पर्धा हुने भएको छ । सो क्षेत्र चासोको रुपमा पनि हेरिएको छ ।
श्रममन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराबीच चुनावी भिडन्त हुन गइरहेको हो ।
भिम रावललाई पार्टीले टिकट नदिएपछि पनि यो क्षेत्र चर्चामा रहेको छ । टिकट नपाएका रावल सुदुरपश्चिमका पूर्व एमालेका कमाण्डर हुन । अहिले उनी चुनाव प्रचारमा हिनेका छैनन । उनको पनि यँहा प्रभाब हुने देखिन्छ । उनी निकट ब्यक्तीहरु पनि प्रचारमा हिनेका छैनन ।
कुँवर गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) बाट र बोहरा नेकपा (एमाले) बाट अछाम–१ बाट प्रतिनिधिसभाको उम्मेदवार हुन । दुवै उम्मेदवारको निर्वाचन निकै प्रतिष्पर्धात्मक हुने भएकाले जिल्लामा चासोको रुपमा हेरिएको छ ।
बोहरा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज हुन भने कुँवर समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम उपाध्यक्ष हुन । २०७४ को प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पाँच हजार पाँच सयभन्दा बढी मतले पराजित गरेका बोहराको मत संख्या समेत चासोको विषय बनेको छ ।
एक नगरपालिकासहित चार गाउँपालिका रहेको उक्त क्षेत्रमा ७९ हजार ३६ मतदाताले एक सय तीन स्थानमा मतदान गर्नेछन् ।
साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिकाका मतदाताले प्रतिनिधिसभामा मतदान गर्न पाउनेछन् ।
अछाम–१ का पाँच वटा स्थानीय तहमा नेकपा (एमाले) ले एक उपाध्यक्ष जितेको छ भने चार स्थानीय तहमा काँग्रेस र एक स्थानीय तहमा माओवादी केन्द्रको नेतृत्व रहेको छ ।
यसै बिच अछाम–१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्णायक हुने देखिएको छ । कांग्रेसका महासमिति सदस्य यूवा नेता राजन कुँवरले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेपछि जित हारको आँकलन गर्न कठिन भएको स्थानीयहरुले बताउने गरेका छन् ।