अत्तरिया - नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन परिचालन मुल कमिटिका संयोजक डिल्लीराज भट्टले एमालेको सरकार भएको बेला हरेक पटक जनपक्षीय काम गरेको बताएका छन् ।
गोदावरी एफएमको बहस मुलक कार्यक्रम गोदावरी टक शोसँग कुराकानी गर्दै संयोजक भट्टले जति जति बेला सरकारको नेतृत्व एमाले ले गरेको छ हरेक पटक जनपक्षीय काम गरेको हुनाले एमाले प्रति जनताको आकर्षण रहेको बताएका हुन् ।
नेकपा एमाले नेतृत्वमा सरकार रहिरहेको भए अहिले गेटा मेडिकल कलेज सञ्चालन आइसक्ने बताउँदै सरकार परिर्वतनसँगै मेडिकल कलेज सञ्चालनको काम अघि बढ्न नसकेको उनले बताए । 'नेकपा एमालेको सरकार हुनु भन्दा पूर्व त्यहाँ असुराको झारी मात्र थियो । नेकपा एमाले सरकारमा आइसकेपछि भौतिक प्रगति गरेको छ' ,उनले भने ।
तपाई लामो समयदेखि यस क्षेत्रमा राजनीतिमा हुनुहुन्छ यो क्षेत्रमा कैलाली क्षेत्र नम्बर ४ मा एमाले ले संघको चुनाव जितेको इतिहास छैन् भने प्रश्नमा संसार परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफु २०२६ साल देखि एमाले पार्टीमा निरन्तर रुपमा लागेकाले मेरा लागि यो निर्वाचन अप्ठयारो छैन् । प्रतिनिधि सभा तर्फ कैलाली क्षेत्र नम्बर ४ मा लेखराज जी बलियो उम्मेदवार हुनुहुन्छ उहाँले जित्नु हुन्छ , उनको दाबी थियो ।
'अन्तरविरोध कुनै पनि वस्तुमा अन्तरविरोध नभएको त हुँदै हुँदैन् अन्तरविरोध बिना त पार्टी गतिशील बन्न सक्दैन् । अन्तरविरोधलाई सम्बोधन गर्ने काम मेरो मुल उपसमितिको काम हो । यसकारण अन्तरविरोधलाई पनि समायोजन गरेर के का कारण अन्तरविरोध भो सबै साथी भाईलाई बुझाउदै अघि बढ्ने', उनले बताए ।
उनले एमाले भित्र टिकट वितरण निकै वैज्ञानिक ढङ्गले गरिएकाले पार्टी भित्र कुनै अन्तरविरोध नरहेको बताए । कञ्चनपुरको महाकाली नगरपालिका–१० मा सुख्खा बन्दरगाहा निर्माण कार्य एमालेको सरकार भएको बेला तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पाला निर्माण कार्य अघि बढेको समेत उनले बताए ।