अत्तरीया- गोदावरीको अत्तरीयामा आज देउडा संस्कृति संरक्षण प्रतिष्ठानको तिहार बिशेष शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अथिती गोदावरी नगरपालीकाका नगर प्रवक्ता वडा नं १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट रहेको कार्यक्रममा बिशिष्ठ अथिती देउडा गायक तथा देउडा संस्कृति संरक्षण प्रतिष्ठानका परिकल्पनाकार ज्ञानेन्द्र अविरल क्षेत्री रहेका थिए ।
उक्त कार्यक्रम अत्तरीयाको लामीता बुद्ध मन्दिर अगाडी सम्पन्न भएको हो। त्यस्तै कार्यक्रममा राष्ट्रय संगीत कर्मी संघ सुदुरपश्मिका प्रवक्ता अमर लामा, उद्योग वाणीज्य संघका अध्यक्ष अशोक देवकोटा, मोडेल झरना बोहरा, विभिन्न देउडा गायक , गितकार, म्युजिक भिडियो निर्देशक, तथा अन्य देउडा कलाकारहरुको समेत सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती गोदावरी नगरपालीकाका नगर प्रवक्ता वडा नं १ का वडा अध्यक्ष गोपाल दत्त भट्टले देउडा हाम्रो संस्कृती मात्र नभई मौलीक परप्परा हाम्रो पहिचान समेत रहेको कुरा प्रस्ट पारे । यसलाई बचाउनु, जर्गेना गर्नेु पर्नेमा हामी सबै सुदुरपश्मिेली हरुको दायित्त रहेको कुरा कार्यक्रममा व्यक्त गरेका छन् ।
उनले कार्यक्रममालाई सम्बोधन गर्दै भने, हाम्रो संस्कृती हामीले नबचाए कसले बचाउन्छ, । अहिले हाम्रो संस्कृती, हाम्रो पहिचान हराउदै गइरहेको पनि उनले व्यक्त गरेका छन् । अहिले बिबाह पार्टीमा पनि बिदेशी गितहरुम नाच्ने, हामीले बिदेशी संस्कृतीको सिको गरिरहेका छौ । आफ्नो परप्परा र पहिचाल भुल्दै गएका छौं, उनले भने । त्यस्तै उनले कार्यक्रमको अन्तिममा भने, देउडा संस्कृति संरक्षण प्रतिष्ठानले विभिन्न चाडपर्वका अवसर पारी हरेक समयमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यसरी नै केही हाम्रो देउडा संस्कृती बचाउनमा टेवा पुगेको कुरा उनले दावी गरेका छन् । साथै कार्यक्रममा उपस्थीत सम्पुणलाई उनले तिहारको शुभकामना व्यक्त गरेका छन् ।
त्यस्तै कार्यक्रममा विभिन्न देउडा कला कर्मीहरुले तिहारको शुभकामानाका साथसाथै विभिन्न देउडा गीत गाउने नृत्य र अन्यमा सम्पुर्ण सहभागीले देउडा खेलेर समेत कार्यक्रम सम्पन्न गरेका थिए ।