अत्तरिया - कन्चनपुर २ को 'क' प्रदेशमा मंसिर ४ मा हुने निर्बाचनमा त्रिपक्षिय भिडन्त हुने भएको छ । प्रदेश सभाको लागी गठबन्धनको तर्फबाट माओबादीका ओम बिक्रम भाट 'सरल', नेकापा एमालेको तर्फबाट बच्चन बहादुर सिंह र उन्मुक्ती पार्टीको तर्फबाट गीता चौधरी मैदानमा छन् ।
भाट र सिंह दुबै जना आ- आफ्नो पार्टी भित्र बलियो प्रभाब पार्न सक्ने युबा हुन । दुबै आ आफ्नो पार्टीका युबाहरुमा प्रभाब राख्न सक्ने नता हुन । उनिहरु दुबैले आ आफ्नो पार्टीका सिनियर लिडरहरुलाई पाखा लगाएर टिकट पाएका हुन । एमालेको तर्फबाट सो प्रदेशमा पुराना नेताहरु जयराज पाण्डे र टेक बहादुर हमालको पनि दाबी थियो । तर पार्टीले टिकट नदिएपछि पाण्डेले पार्टी नै छोडे भने हमालले स्वतन्त्र उम्मेदवारी दिएका छन । उता माओबादीमा देबीलाल चौधरी टिकट पाउने अपेक्षा गरिएको थियो तर टिकट भाटले पाए ।
प्रदेश 'क' मा कृष्णपुर नगरपालिका र शुक्लाफाटा नगरपालिका का ४ वटा वडाहरु पर्ने गर्दछन। सोही प्रदेशमा चौधरी राना सामुदायका मतदाताको संख्या पनि ठुलो रहेको छ। ति मतलाई आफ्नो पक्षमा पार्न उन्मुक्ती पार्टीकी गीता चौधरी पनि चुनाबी मैदानमा रहेकी छन् ।
एमाले भित्र बिद्रोह नै भएकाले सिंहलाई जित हासिल पार्न थप चुनौती थपिएको छ । माओबादी समर्थक मतदाताको सँख्या पनि उक्त निर्बाचन क्षेत्रमा उल्लेख्य भएकाले भाटलाई पार्टी भित्रको आन्तरिक समिकरण मिलाउने चुनौती पनि उत्तिकै छ । स्थानिय तहको निर्बाचनमा ३ वटै दल उक्त क्षेत्रमा अलग अलग चुनावमा होमिएका थिए ।
जस अनुसार कृष्णपुर नगरपालिकामा मेयरमा कांग्रेसका हेमराज ओझा १० हजार ३ सय ३४ मत पाएर बिजयी भएका थिए । दोस्रोमा माओबादीका जोगराज चौधरीले ८ हजार २ सय मत पाएका थिए । एमाले भने तेस्रोमा थियो । उसका उम्मेदवार लोकेन्द्र प्रसाद पन्तले ६ हजार ४ सय ७४ मत पाएका थिए ।
यस्तै सुक्लाफाँटा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार रण बहादुर महराले ६ हजार ७ सय ७३ मत ल्याएर बिजयी भएका थिए । यँहा कांग्रेस दोस्रो भएको थियो । कांग्रेसका उम्मेदवार चीन्तामणी भट्टले ६ हजार २ सय ६४ मत पाएका थिए । यस्तै माओबादीका नवराज ऐरले ५ हजार २ सय २५ मत मात्रै पाएका थिए ।
प्रदेश 'क' मा पर्ने ४ वडा मध्य एक वडा मा एमाले बिजयी भएको थियो भने २ वडा मा कांग्रेस बिजयी भएको थियो । एक वडामा माओबादीले जित हासिल गरेको थियो । यी दुई पालिकाको मतान्तर मात्रै हेर्दा पनि गठबन्धनका उम्मेदवारको पल्ला भारी हुने निश्चित देखिन्छ ।
तर स्थानिय तह कै जस्तो भोटिङ मतदाताले नगर्न पनि सक्ने भएकाले त्यस्तै नतिजा नआउन सक्ने पनि स्थानियको भनाई रहेको छ। एक स्थानियका अनुसार यँहा चुनावमा जातिय भेगिय मतले पनि ठुलो अर्थ राख्ने गर्दछ । यँहा डडेल्धुरा स्थायी घर भएका बासिन्दा अधिक छन् ।