अत्तरिया - नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिममा सन्चालनमा रहेका गाैरवका याेजना आफ्नै पहलमा सुरु भएका बताएका छन । निर्वाचन क्षेत्र नम्वर ४ (क) स्थित गाैरिगगा नगरपालिका वडा नम्वर १ काे मंगलपुरमा कार्यकर्ता भेलालाई सम्वाेधन गर्दै उनले साे बताएका हुन ।
सरकारले सुदूरपश्चिममा देखाउनकै लागि ठुला ठुला याेजना घाेषणा गर्ने तर कार्यान्वयन नरेकाे बताउँदै उनले आफुले मन्त्री बनी सकेपछि कार्यान्वयमा ल्याएकाे बताए ।
उनले गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाहा, दैजिछेला अाैधाेगिक क्षेत्र, हरैया विशेष आर्थीक क्षेत्र, धनगढी अत्तरीया अाैधाेगिक काेरीडाेर, फस्फाेरस उत्खनन लगाएतका याेजना अगाढी बढाएकाे बताए ।
सुदूरपश्चिमका सबै नागरिक राेजगारीका लागि भारत जाने गरेकाे बताउदै उनले उधाेग स्थापना गरेर सुदूर मै राेजगारी ब्यवस्था गर्न खाजेकाे बताए । आफू मन्त्री हुँदा सुरु गरेका याेजना यसै क्षेत्रका प्रधानमन्त्री हुँदा राेकिएकाे उनले आराेप लगाए ।
उनले देशमा संकट परेका बेला नेकपा एमालेकाे सरकारले महत्वपुर्ण भुमिका खेलेकाे बताउदै उनले नाका बन्दिकाे बेला देखि काराेना कालमा महत्वपुर्ण भुमिका खेलेकाे बताए ।
यस्तै क्षेत्र नम्वर ४ प्रदेश (क) का उमेदवार भिम बहादुर देउवाले देश र राष्ट्रियता बचाउन एमाले जिताउनु पर्ने बताए । नेकपा एमालेकाे सरकारले भुमिहिन दलित, भुमिहिन सुकुम्वासि, अव्यवस्थित बस्तिलाई ब्यवस्थित गर्न खाेज्दा अहिलेकाे सरकारले राेकेकाे बताए ।
उनले राष्ट्रघाति नागरीक बिधयक पास गरेर देशकाे राष्ट्रियता बेच्ने खाेजेकाे बताउदै उनले याे सरकार जनता पक्षमा भन्दा पनि कालाेवजारी र महङ्गि बढाएर जनताकाे ढाड सेकाउने काम गरेकाे बताए ।
कैलालिकाे गाेदावरीमा घाेषणा भएकाे राजधानि प्रधानमन्त्री शेर वहादुर देउवाले डडेल्धुरा र पुर्बमन्त्री वीर बहादुर बलायलले डाेटी लैजाने घाेषणा गरेकाे बताए । उनले राजधानी कता लैजाने भन्दै दुबै बिच प्रतिस्पर्दा भईरहेकाे बताए ।एमालेले गरेका काम देखेर अहिलेकाे गठबन्धन सरकार डराएकाे बताउदै सुदूरपश्चिम सरकारका पुर्वमन्त्री कृष्ण राज सुबेदीले एक्ला एक्लै निर्वाचन हाेमिदा हार्ने डरले गठबन्धन गरेकाे बताए ।
उनले याे गठबन्धन जनताकाे हित भन्दा पनि आफ्नाे पद जाेगाउन र दशलाई दुर्गतिमा पुर्याउन बनेकाे बताए। उनले राष्ट्रलाई बचाउन अपबित्र गठबन्धनलाई भत्काएर एमाले जिताउन आबश्यक रहेको बताए ।