डोटी - प्रतिनिधी सभामाका स्वतन्त्र उमेद्वार नरेन्द्र वहादुर खड्काले आइतवार दिपायलमा आयोजन गरेको पत्रकार सम्मेलन मार्फत प्रतिवद्धता सार्वजविक गरेका छन । उनले डोटेली जनताका साझा मुद्धाहरुमा आफ्नो उमेद्वारी रहेकोले यस पटक डोटेली जनताले आफुलाइ निर्वाचीत गराउने दाबी समेत गरेका छन् ।
प्रेस वक्तव्य
आदरणीय पत्रकार मित्रहरू,
सम्माननीय डोटीबासी दाजुभाई तथा दिदीबहिनी, आमा÷बुवा, हजुरबुवा÷हजुरआमा ज्युहरू, सम्पूर्ण इष्टमित्र, आफन्त, मान्यजन, शुभचिन्तक ज्यहरू, सम्पूर्ण डोटीका इतिहास निर्माता, नेतागण, पेशाव्यवसायी, जागरुक युवा तथा विद्यार्थी ज्यूहरू, सम्पूर्ण डोटीबासीका पूर्वज÷पितृ, इष्टकुल देवता एवं समस्त तेत्तीस कोटी देवता, एवं देशभित्र रहनुभएका तथा देशबाहिर रहनुभएका डोटीप्रेमी, न्यायप्रेमी सम्मानित शुभचिन्तक ज्यूहरू, यतिबेला म न्यायिक संघर्षका लागि चुनावी मैदानमा उभिएको छु, जुन यहाँहरूलाई अवगत भइसकेको छ । म कुन एजेण्डा स्थापित गर्न चाहन्छु ? त्यो पनि घामझैँ छर्लङ्ग छ । सचेत डोटेली जनसमुदायले नबुझ्ने कुरै छैन । किनभने मैले स्थापित गर्न खोजेको कुरा सत्यको आवाज हो । आम डोटीको इतिहास, पुर्खाले सुम्पेको गौरव, भाग्य र भविष्यसँग जोडिएको विषय हो ।
जुन वर्तमान युगका केही अदूरदर्शी नेता, तीनका आदेशपालक र डोटीकै केही स्वार्थी व्यक्तिका कारण कत्लेआम गरिएको छ । दिउँसै अन्धकार पारिएको छ । म कुनै नेता होइन, तल्लो तहमा रहेर सामान्य सामाजिक काम गर्न रुचाउने पात्र हुँ । आफ्नै माटो र भूगोलमा रहेर यहाँकै दाजुभाई÷दिदीबहिनीका सुखदुःखमा रमाउन चाहने व्यक्ति हुँ । युवा, विद्यार्थीको मनोभावनालाई सक्दो बुझ्ने कोशिस गर्छु । आफ्नो कामबाट बचेको समय युवाहरूका खेलकुद लगायतका क्रियाकलापसँग बिताउन मन लाग्छ । सम्माननीय ज्येष्ठनागरिकका समस्या, चाहना, मनोभावना, उहाँहरूको समाजप्रतिको चिन्ता र चेतना सुनिरहूँ लाग्छ ।
जीवननिर्वाहका क्रममा आफै उद्योग तथा व्यवसायी क्षेत्रमा संलग्न भएकाले यसक्षेत्रको उत्थान र विकासले समाजको जीवनस्तर उकासिने र त्यसैबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने कुरा बुझेको छु । यसर्थ आफ्नो क्षेत्रबाट सकेको प्रयास गरिरहेको हुन्छु । डोटीको अर्थतन्त्र उकासेर कायाकल्प गर्नसकिने सवालहरूको पक्षमा निरन्तर आफ्नो स्थानबाट वकालत गरेको छु, प्रचारप्रसार र प्रवद्र्धन गर्न दौडधुप गरेको छु । सामुहिक गतिबिधिमा समाहित भएको छु, कतिपय अवस्थामा यस्ता क्षेत्रको विकासे काममा आफूलाई उभ्याउने गरेको छु । जुनकुरा जानकार डोटीबासीले बुझेका छन् भन्ने मैले विश्वास लिएको छु ।
भाग्यमानी पात्र, ऐतिहासिक अवसर
यही सिलसिलामा आम डोटेली दाजुभाई, दिदीबहिनी, डोटीको नागरिक समाज, यहाँका उद्योगी व्यवसायीज्यूहरूको माया र आशिर्वादले सम्मानित डोटी उद्योग वाणिज्य संघको दुई पटक महासचिव र एकपटक अध्यक्षका रूपमा काम गर्ने सुनौलो अवसर प्राप्त भयो । जुन मेरो जीवनको ठूलै उपलब्धि भएको सर्वथा महशुस गर्छु । ती तीनवटा अवसर मेरा जीवनमा मातृभूमि र यहाँको समुदायले म प्रति गरेको मूल्यांकनको चरम रूप थियो ।
मैले त्यो जिम्मेवारी कत्तिको निर्वाह गरेँ ? त्यो आम डोटेली समुदायले मूल्यांकन गर्ला । तर, मैले जति गरेँ दिल लगाएर गरेँ । बाहिरिदाँ ससम्मान नेतृत्व हस्तान्तरण गरेर बाहिरिएँ । डोटी उद्योग वाणिज्य संघको म अध्यक्ष पदमा रहीँरहँदा एउटा ऐतिहासिक दायित्व बोक्ने मौका जु¥यो । डोटीको गौरवपूर्ण इतिहासमाथि संकटको बादल मडारिरहेको आम डोटेली समुदायले महशुस ग¥यो । देश संघीयतामा गइसकेपछि साविकको सुदूरपश्चिम विकास क्षेत्रलाई एक प्रदेशको स्वरुप दिइयो । त्यसपछि त्यसको राजधानीको चर्चा हुँदा ठूला दलका जिम्मेवार नेताहरूको गैह्रजिम्मेवार हर्कत र अभिव्यक्ति डोटेली जनतासमक्ष पुगिसकेका थिए । जसमा झण्डै आठसयवर्ष पुरानो डोटीको राजनीतिक तथा प्रशासनिक केन्द्र तथा राजधानी रहेको इतिहास मेटाउने खतराका संकेत थिए ।
यहीँ संकेत पाएका डोटेली जनसमुदाय तथा स्थानीय राजनीतिक दल २०७४ पुसमा बैठक बसेर राजधानी घोषणाका लागि दबाबमूलक कार्यक्रम तथा आन्दोलन गर्ने निर्णय गरेँ । जसको नेतृत्व डोटी उद्योग वाणिज्य संघले गर्ने सहमती भयो । संघको अध्यक्षको हैसियतले मैले संयोजन गर्ने सौभाग्य पाएँ । जसलाई मैले पितृको असल कर्मले जुरेको अवसर सम्झेर लागिरहेँ । यसर्थ मैले आफूलाई भाग्यमानी पात्र सम्झेको छुँ । डोटीको इतिहासले मलाई एक ऐतिहासिक अवसर दिएको आभाष हुन्छ ।
त्यो संघर्ष, ऐतिहासिक अन्याय
हामीले २२ दिनसम्म लगातार रचनात्मक आवाज दिइरहँदा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सुनेन् । जसले २०७४ माघ ३ गते एकदमै अन्यायपूर्ण ढंगबाट अदूरदर्शीताको पराकाष्ठा प्रदर्शन गर्दै प्रदेशको ‘अस्थायी मुकाम’ भनेर धनगढी तोकिदियो । जसलाई हामीले डोटेली इतिहासको ‘ऐतिहासिक अन्याय’ भनेर ‘कालोदिन’ मान्दै आएका छौं । किनभने डोटी शक्तिशाली जुम्ला(खस) राज्यको पतनपछि निरयपालले अलग्गै राज्य स्थापना गर्दादेखिको राजधानी हो । राजा निरयपालले वि.स. १४१९ को आसपासमा लामो समय शासन गरेका प्रमाणहरू भेटिन्छन् ।
यसअर्थले डोटी झण्डै आठसय वर्ष पुरानो राजनीतिक तथा प्रशासनिक केन्द्र हो । त्यसपछि नेपाल एकीकरणताका बहादुर शाहले पश्चिम काँगडासम्मको यात्राका लागि डोटीलाई पश्चिमी किल्ला बनाएका थिए । राणाकालमा देशभरीकै चार ओटा ‘प्रशासनिक गौणा’ मध्ये पश्चिमको प्रशासन हेर्ने ‘डोटी– गौणा’ महत्वपूर्णथियो । पञ्चायतकालमा मुलूकर्ला पाँच विकास क्षेत्रमा विभाजन गर्दा सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमूकाम दिपायल तोकिएको थियो । त्यसबाहेक डोटी यसक्षेत्र(हालको सुदूरपश्चिम प्रदेश)को भाषिक, सांस्कृतिक, सभ्यता तथा सामाजिक चेतनाको केन्द्र पनि हो ।
यत्तीमात्र नभई प्रदेशको भौगोलिक केन्द्रविन्दू, विगतमा क्षेत्रीय सदरमूकाम भएकाले भौतिक पूर्वाधारको उपलब्धता र सामरिक सुरक्षालगायतका दृष्टिकोणले डोटीको विकल्प नै थिएन । यस्तो परिस्थितीमा देउवा सरकारले गरेको त्यो अदूरदर्शी तथा चरम अन्यायपूर्ण कदमविरुद्ध हामीले थप महिनौं संघर्ष ग¥यौं । ६५ दिनसम्म लगातार सडक संघर्ष गर्दापनि सरकारले सुन्दै–सुनेन् ।
बामगठबन्धनप्रतिको आशा र विश्वासघात
त्यसअघि मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले वाम–गठबन्धननेकपा एमाले र माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशसभा र प्रतिनिधिसभा दुबैतिर दुईतिहाई बहुमत हासिल गरेका थियो । सोही गठबन्धनका तर्फबाट एमालेका पूर्णा जोशी र अर्चना गहतराज तथा माओवादी केन्द्रबाट त्रिलोचन भट्ट गरी तीनजना प्रदेश सांसद र एमालेबाट प्रेम आले प्रतिनिधिसभा सांसद डोटीबाटै जित्नुभएको थियो । उहाँहरू सबैले दिपायल राजधानी बनाउँछौं भनेर भोट माग्नुभएको थियो ।
प्रदेशसभाका तीनजना सांसद हामीसँगै आन्दोलनमा समेत सरिक हुनुहुन्थ्यो भने संघीय सांसद प्रेम आलेमगरज्युले ‘राजधानी बनाउन नसके राजीनामा दिन्छु’ भन्दै भोट माग्नुभएको थियो । यस्तो परिस्थितीमा हामीले उहाँहरूको विश्वास गरेर आन्दोलनको स्वरुपलाई परिवर्तन ग¥यौं । किनभने नयाँ बन्ने सरकार बामगठन्धनकै बन्दैथियो । ‘हामी राजधानी घोषणा गराइहाल्छौं,आन्दोलनको औचित्य छैन’ भन्ने उहाँहरूको आश्वासन पनि थियो । संविधानको व्यवस्थाले पनि प्रदेशको स्थायी राजधानी तोक्न प्रदेश सभाको दुईतिहाई बहुमत चाहिन्थ्यो । जुन उहाँहरूको गठबन्धनसँग पर्याप्त थियो । तर, भयो ठ्याक्कै उल्टा ! उहाँहरूबाट झन् चरम ‘धोका’ भयो ।
उहाँहरू राजधानी आन्दोलनको फाइदा उठाउँदै ‘पदको बार्गेनिङ’मा जुट्नुभयो । ठूला दलका ठूला नेतालाई डोटीको राजधानी आन्दोलन तुहाउनु थियो । आन्दोलनबाट यहाँका सांसदलाई बाहि¥याउन पदको लालसा दिइयो । जसमा हाम्रा चारैजना सांसद फसिहाल्नुभयो । माओवादी केन्द्रका सांसद त्रिलोचन भट्टले अप्रत्याशित रुपमा हातोहात मुख्यमन्त्री पद पाउनुभयो । एमालेबाट प्रदेश सांसद रहनुभएका पूर्णा जोशी र अर्चना गहतराजले पालैपालो मन्त्री पड्काए । डोटीको राजधानी मुद्दा बार्गेनिङको साधन बनाएर सडकमा फाली उहाँहरू सत्ताको स्वप्निल संसारको रसस्वादनमा लाग्नुभो । त्रिलोचन सरकारले कैलालीको गोदावरीको जंगलमा स्थायी राजधानी प्रस्ताव ग¥यो । २०७५ असोज १२ गते बसेको प्रदेश सभा बैठकले ‘लालमोहर’ लगाइदियो ।
डोटीबाट निर्वाचित मुख्यमन्त्री त्रिलोचन भट्टसहितका तीनैजना सांसदले डोटीमा आफ्नै प्रतिबद्धताविपरित गोदावरीको जंगलमा भोट हाले । तीनजनाले मात्रै भोट नहालेको भए उक्त प्रस्ताव पास नै हुने थिएन् । यसरी तीनैजनाले मुख्यमन्त्री र मन्त्री पदसँग डोटीको राजधानीको मुद्दा साँटे । यही तथ्य संघीय मन्त्री प्रेम आलेसँग पनि लागू हुन्छ । उहाँ बामगठबन्धनका दुई पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको सगौरव वर्णन गर्दै प्रदेशसभाको दुईतिहाई बहुमतबाट दिपायल स्थायी राजधानी जसरी नि तोकाउने दाबी गर्नुहुन्थ्यो । नभए राजीनामा दिएर दिपायलमा आई आन्दोलन गर्ने भन्दै उहाँले गएको निर्वाचनमा भोट माग्नुभएको सर्वविदितै छ । जसका भिडिओ सामाग्री सामाजिक सञ्जालमा पनि छ्यापछ्याप्ती छन् । तर, जतिबेला स्थायी राजधानी तोकियो,उहाँ कुन दुलोमा हुनुहुन्थ्यो, कसैले देखेन । उहाँको अभिव्यक्ति आम डोटेली जनता, उहाँको आश्वासनमा भोट दिएका जनता सुन्न चाहन्थे, उहाँ सुनिनुभएन् । बरु तीनचारवर्ष डोटीका लागि भूमिगत नै हुनुभयो । यसबीचमा पटक–पटक मन्त्री पद पट्काउनुभयो । पार्टी विभाजनमा आठ–आठजना सांसद ‘इधरका उधर–उधरका इधर’ गर्नसक्ने, शक्तिकेन्द्र सहजै रिझाउनसक्ने, सत्ताको पासा उलटफेर गर्नसक्ने ताकत देखाउनुभयो । तर, राजधानीको मुद्दा भने बेचेर खानुभयो । उहाँ फेरी भोट माग्दा राजधानीको ‘र..’ पनि उच्चारण गर्नुहुन्न । मातृभूमि, डोटेली जनताको त्यत्रो आगाध विश्वास र भरोसालाई लत्याएर उहाँ सत्तास्वार्थको मोलमोलाईमा लिप्त हुनुभयो । यद्यपी डोटी उहाँको मातृभूमि हो वा होइन त्यो खुलेको छैन । तर, जे–जे गर्नुभयो आमा र मातृभूमिको अस्मिता र इज्जतमाथि नराम्ररी लात हान्नुभयो । उहाँका क्रियाकलाप, सार्वजनिक अभिव्यक्ति र हर्कतहरू देख्दा लाजशरम, इज्जत, मानमर्यादा केही देखिदैन् । मात्र डोटेली जनताको जनमतलाई मोलमोलाई गरेर खरिद गरी चुनाव जित्ने, त्यसैबाट सत्ताको सिँढी चढ्ने र यहीँ डोटेली भूमि तथा जनमतको स्वाभिमानमा आँच पु¥याउने हर्कत गर्ने व्यवहार मात्र देखिन्छ ।
यसरी विश्वास गरेका जनप्रतिनिधिहरू नै ८ सयवर्ष पुरानो इतिहासलाई क्षणिक सत्तास्वार्थको विनिमयको माध्यमका रुपमा उपयोग गर्न उद्दत भएपछि एक सचेत नागरिकका रुपमा चुप लागेर बस्न सकिनँ । त्यसमा पनि डोटेली आमजनता, नागरिक समाज र स्थानीय राजनीतिक दलले त्यत्रो आगाध विश्वास गरेर राजधानी आन्दोलनको अगुवाई गर्ने अभिभारा सुम्पिएको जिम्मेवार नागरिक भएकाले पनि आमाको अस्मीतामाथि दलाली गर्नेहरूका ताण्डव नृत्यको मूकदर्शक भएर झन् बस्न सकिनँ । यही कारण म मेरो स्थानबाट विगत पाँचवर्षदेखि नै लगातार यही मुद्दामा केन्द्रीत रहेर मातृभूमिको अस्मीता लुट्नेविरुद्ध आवाज भरिरहेको छु । जुनकुरा मलाई नजिकबाट चिन्नेहरूले देखेकै÷सुनेकै हुनुहुन्छ ।
अनि उम्मेदवारी
झन् रोचक त के भने, यिनै मातृभूमिको अस्मीता लुट्नेहरू, आमा बेच्नेहरू, मातृभूमिको मुद्दालाई सत्ता विनिमयको माध्यम बनाउनेहरू फेरी छाती खोलेर चुनावी मैदानमा उत्रिदाँ मन शान्त राख्न सकिनँ । यहीकारण आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘राजधानी बेचुवा’का विरुद्ध मैले स्वतन्त्र उम्मेदवारी दिएको सगौरव जानकारी गराउँछु । डोटेली संस्कृति, सभ्यताको रक्षा चाहने, इतिहासप्रति माया गर्ने, डोटीमा राजधानी कायम हुनुपर्छ भन्ने मान्यता राख्ने, निस्वार्थ समाजसेवाको भाव राख्ने, सामाजिक परिवर्तन र विकास, डोटीको आर्थिक विकासका सम्भाव्य कामहरूको पहिचान र निर्माण, राजनीतिक थिचोमिचोको दिगो उल्मुलनका साथै आत्मसम्मान र स्वाभिमानको रक्षा चाहने आम डोटेली दाजुभाई, दिदीबहिनी, आमाबुवाज्यूहरूले मलाई सगौरव मतदान गर्नेछन् भन्ने विश्वास लिएको छु ।
तपाईँको डोटीपुत्र नरेन्द्र खड्काले तपाईँको गौरवमा कहिँकतैँ आँच आउने, मेरा कारण वा मलाई मतदान गरेका कारण कहिल्यै लज्जाबोध हुने वा शीर झुक्न नदिने, आम नेपाली समुदाय तथा विश्व समाजले छिःछि र दूरदूर गर्ननसक्ने पात्र र चरित्रको रुपमा स्थापित भएर डोटीको गुमेको इतिहास फर्काउन निरन्तर संघर्ष गर्दै डोटीको सर्वाङ्गिण विकासमा अहोरात्र खटिने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
मेरा केही एजेण्डा
१) सुदूरपश्चिमको राजधानी दिपायल !
सुदूरपश्चिमको स्थायी राजधानी अदूरदर्शी र अन्यायपूर्ण ढंगबाट संविधानको व्यवस्था अनुसार कैलालीको गोदावरी तोकिएको छ । यही कारण राजधानी बेचुवाहरू र दिपायलको राजधानी मुद्दालाई दबाउन चाहनेहरूले विभिन्न भ्रमहरू छरिरहेका छन् । उनीहरूको तर्क राजधानीको च्याप्टर क्लोज भयो । अब दिपायल फर्काउन असम्भव छ भन्ने छ । जसको प्रयोग गरेर आम डोटेली जनसमुदायमा भ्रम छरिरहेका छन् । डोटेली जनता के कुरामा सचेत हुन जरुरी छ भने संविधान आफैमा राजनीतिक सहमतीको दस्तावेज हो । दुईतिहाई बहुमतले संविधान संशोधन वा परिमार्जन गर्नसक्छ । यस्तै संविधानमा भएको व्यवस्थाअनुसार प्रदेश सभाले दुई तिहाई बहुमतका आधारमा तोकेको स्थायी राजधानी त्यहीँ प्रदेशसभाको दुईतिहाई बहुमतले फेर्न पनि सक्छ ।
यसकारण दिपायल राजधानीको एजेण्डा हाम्रा गद्दार सांसदका कारण कमजोर बनेको हो, सकिएको होइन् । हो एकजना डोटीको सांसदले सम्भव नहोला, तर एजेण्डा बचाउँन एक सांसद काफि हुन्छ । एजेण्डा बाँचिरहे, त्यसको औचित्यताबारे राज्यलाई सचेत गराउन सके एकदिन त्यो अजेण्डा सफल हुन्छ । सुदूरपश्चिम प्रदेशको राजधानी दिपायलको एजेण्डा बाँचिरहे एकदिन अवश्य यही आउनेछ । ढिलोचाडो हो । हाम्रो जनमत, दबाब, आन्दोलनले नै ढिलोचाडोको निर्धारण गर्छ । मेरो उद्देश्य यो एजेण्डा बचाएर राज्यलाई आवश्यक दबाब र औचित्यवोध गराउन समग्र डोटेली जनसमुदायसँग बसी कार्ययोजना बनाएर अघि बढ्नेमा केन्द्रीत रहन्छ ।
२) दिपायल केन्द्र हुनेगरी सडक सञ्जाल
दिपायल सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको भौगोलिक केन्द्र हो । यस्तो धरातलीय सत्यलाई पनि सडक सञ्जालको अपर्याप्तता र बिगतका सरकारको सौतेनी व्यवहारले निर्माण गरिएको सडकसञ्जालका कारण बंग्याउने कोशिस गरिरहेको हामीले देखेका छौं । कहीँ न कहीँ दिपायल राजधानी रोक्नका लागि यो असंगत विश्लेषणको सहारा लिइएको छ । यसकारण दिपायलबाट सुदूरपश्चिमका बाँकी ८ वटै जिल्ला जोड्ने सडक सञ्जाल अत्यावश्यक छ ।
यसरी सडक सञ्जाल बन्दा ८ वटै जिल्ला १०० देखि १२० किलोमिटरभित्रमा जोडिने भौगोलिक स्थिती छ । यही कारण मेरो प्राथमिकता दिपायलबाट बझाङ्ग, बैतडी र दार्चुला सिधा जोड्ने सडकमा केन्द्रीत हुनेछ । यसबाहेक खुटिया–दिपायल फाष्ट ट्रयाकको सीघ्रता, त्यहीँ सडकलाई बझाङ्ग चैनपुर हुँदै ताक्लाकोट नाकासम्म जोड्न पहलकदमी, सहजपुर–बोगटान–दिपायल सडकको तीब्रता र जिल्लाका शाखा सडकहरू स्तरोन्नतीमा विशेष ध्यान हुनेछ ।
३) खप्तड, बडीकेदार, तेले महाभारतको पर्यटन विकास
डोटीको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि हासिल गर्नमा महत्वपूर्ण सम्भावना रहेको पर्यटन विकासमा म विगतदेखि नै संलग्न रहीआएको पात्र हुँ । खप्तड, बडीकेदार, तेले–महाभारत क्षेत्रको पर्यटन कोरिडोरको विकास गर्न सके यहाँको उद्यमशीलता विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुन्छ । यहीकारण मैले यी क्षेत्रसहितका बाँकी अन्य ऐतिहासिक, धार्मिक, पर्यावरणीय क्षेत्रको पर्यटन विकासलाई म बढी प्राथमिकताका साथ काम गर्ने छु ।
४)दिपायलबाट विस्थापित कार्यालय फर्काउन पहल
दिपायल राजधानी गुमेसँगै दिपायलमा रहेका दर्जनौं सरकारी कार्यालय विस्थापित भएका छन् । जसले डोटीका जनतालाई सेवा लिन सास्ती भोग्नुपर्ने समस्याका साथै यहाँको व्यापार व्यवसायमा मन्दी छाएको छ । यसकारण म मेरो बुताले भ्याएसम्म ती कार्यालय फर्काउन प्रमुख प्रयास गर्नेछु । यसबाहेक म डोटीको सर्वाङ्गिण विकासका मुद्दाहरू कृषि, स्वास्थ्य, रोजगार तथा युवा स्वरोजगारी, खेलकुद, महिला, दलित, आदिवासी जनजातीको सशक्तिकरण र उत्थानमा केन्द्रीत रहेर पनि काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु । यसबारे थप घोषणापत्रमा पनि प्रकाश पार्नेछु । डोटीको आन, बान र शानमा कहीँकतै कमी हुने, आँच आउने काम गर्नेछैन । यहाँको गर्विलो इतिहासको पुनरावृत्ती गराउँदै गुमेको आत्मसम्मान र स्वाभिमान कायम गराउन हरदम प्रयत्नशील रहने बाचा गर्छु । आशा छ मेरो चुनाव चिन्ह ‘क्रस खुकुरी’मा अमूल्य मतदान गरेर डोटी र डोटीपुत्रलाई जिताउनुहुनेछ ।
जय डोटी । जय मातृभूमि, जय
नरेन्द्र बहादुर खड्का
स्वतन्त्र उम्मेदवार
प्रतिनिधिसभा डोटी