कन्चनपुर -२९ बर्षिया गिता चौधरी कन्चनपुर २ को 'क' बाट उन्मुक्ती पार्टीको तर्फबाट साँसद बन्ने सपना सहित चुनावमा होमिएकी छन् । नेपाल ल क्याम्पसबाट २५ बर्ष को उमेरमा नै एल एल एम (स्नातकोत्तर) प्रथम श्रेणी पास गरेकी चौधरी अहिले दैनिक मतदाता सँग भोट माग्न ब्यस्त छन् । उनको राजनितिक यात्रा भने अनेरास्वबियु बाट भएको हो ।
चौधरी अनेरास्वबियुको इकाइ देखी केन्द्र सम्म , मानवअधिकार एलाइन्सको केन्द्रिय सदस्य हुँदै काठमाण्डौ- कंचनपुर सम्पर्क मंचको उपाध्यक्ष पनि भईन । यस्तै उनको अनुभब थारु विद्यार्थी समाजको केन्द्रिय उपाध्यक्ष, युथ एडभोकेसी नेपालको महासचिव , राष्ट्रिय युवा परीषदको निवर्तमान सदस्य सम्म को पनि छ । तर त्यतीले मात्रै उनलाई पुगेन र प्रत्यक्ष राजिनितीमा होमिएर साँसद बन्ने सपना देखिन । बिगत देखी महिला, युवा, कमैया ,जनजाती र व्यवसाय को मुद्दा उठाउदै आएकाले त्यो राजनितीबाट मात्रै सम्भब देखेर उम्मेदवार बने,' उनले भनिन् । भर्करै गठन भएको जेलमा जिबन बिताइरहेका रेशम चौधरी की श्रमती रन्जिता चौधरी अध्यक्ष भएको पार्टीले उनलाई उम्मेदवार बनएको छ ।
'जहिलेदेखी मैले राजनिति गर्न खोजे तिमी सँग संग पैसा कति छ भन्ने प्रश्नले घोचिरहन्थ्यो । तर मैले धेरै राजनिति शास्त्र अध्यन गरे , जसमा कहिल्यै पैसा को कुरा देखिन,' उनले भनिन,' त्यसो भए हेरौ न त अनुभब नै गरौ भन्ने लागेर चुनाव मा होमिएको हुँं । अझ धेरैले तिमी सानै छौ अझै करिएर बनाउ भन्ने सुझाब पनि आए । तर मैले विश्व राजनिति को समाचारहरु पढ्दा मेरो उमेर त पाको भई सकेको पाए र सोचे यही हो सहि समय जनता सामु जाने ।'
उनले थारु महिला भएर समानुपातिक मा बस्नु पर्ने दबाब पनि आएको बताईन । 'तिमि थारु अनि महिला किन प्रत्यक्षमा जाने समानुपातिक पाइहाल्छौ नि भन्ने पनि धेरै थिए तर परिबर्तन आफैले गर्नुपर्छ भन्ने लाग्यो । म प्रत्यक्ष लडन सक्षम छु भन्ने पनि लाग्यो । समानुपातिक भनेको जसको लागी हुनु पर्ने हो त्यसले कहिल्यै पाएन तर मैले आफेलै त्यता नजाने भनेर समानुपातिकको बाटो रोजिन ,' उनले भनिन् ।
उनी अहिले १८ महिनाको बच्चा श्रीमानको जिम्मा लगाएर चुनाबी प्रचारमा खटिएकी छन् । उनलाई परिवारले पनि पुरा समर्थन गरेको छ । पार्टी नयाँ भएकाले संगठन पनि बनाउनु पर्ने मतदातालाई उम्मेदवार भएर भोट् माग्नु पर्ने हुँदा अली बढि प्रेसर भएको उनको भनाई छ् । उनले ठुला पार्टीमा युबालाई सहजै टिकट दिने अबस्था अझै नभएर उन्मुक्ती पार्टीको रोजेको बताईन्।
'म ठुलो पार्टीमा बसेर सायद बुढो भएपछि मात्रै टिकट पाउँथे होला.' उनले भनिन्,' त्यसैले मैले गर्दै आएको मुद्दा पनि मिल्ने र म जस्तो युवा लाई अगाडी बढाउने पार्टी उन्मुक्ती भएकाले सोही पार्टी रोजे।' उनले आफ्नो चुनावको मुद्दा पनि युबाहरु लक्षित नै रहेको बताईन् ।
'आफ्नो पहिचान , सांस्कृतिक पहिचानको अधिकार प्राप्ती का निमित्त, विश्वमा भईरहेको मुद्दा र स्थानिय मुद्दा लाई साम्बोधन गर्न मेरो चाहाना पनि छ । जस्तै क्लाइमेट चेन्ज, दिगो विकास, महिला र युवा को नेतृत्व स्थापित गर्नका निमित्त र युथ ब्रेनडेन रोक्न का लागी पनि मेरो उम्मेदवारी हो ,' उनले भनिन ।
उनले थप भनिन्,' म उम्मेदवारको हैसियतले धेरै गर्न नसकुँला तर म शुशासन , सदाचार, भष्ट्राचारप्रति निर्मम ढंगले संसदमा प्रस्तुत हुनेछु । सदाचारीलाई पुरष्कृत, भष्ट्राचारीलाई दण्डित गरिनुपर्ने माग जोडदार रुपमा राख्ने छु । प्रदेश भित्रै उद्योगधन्दा, कलकारखान खोली श्रमशक्तिलाई रोजगारी दिने व्यस्थालाई जोड दिनेछु । समाजका रहेका कुरीती, कुसंस्कार , अन्धविश्वास तथा सामाजिक असमानतलाई वैज्ञानिक शिक्षा मार्फत निर्मूलीकरण गर्न पहल गर्नेछु । म आफै भष्ट्राचारप नगर्ने र अरुलाई समेत गर्न नदिने निती प्रती प्रतिवद्धता व्यक्त गर्दछु ।'