अत्तरिया -कैलाली ४ 'ख' मा पनि दलहरु प्रचार प्रसार शुरु गरेका छन । यस निर्बाचन क्षेत्रमा नेपाली काँग्रेस र नेकपा एमाले बिच प्रतिष्पर्धा हुने भएको छ । काँग्रेसले प्रकाश बमलाई उम्मेदवार बनाएको छ भने एमालेले हरि सिंह साउँदलाई उम्मेदवार बनाएको छ ।
साउँद गोदावरी नगरपालिकाका निबर्तमान मेयर हुन भने बम कैलाली काँग्रेसका पुराना नेता हुन । बम गठबन्धनका साझा उम्मेदवार पनि हुन ।
बमको स्थायी बसोबास भने प्रदेश 'क' गौरीगंगा मा हो यदपी काँग्रेसले उनलाई प्रदेश 'ख' मा उम्मेदवार बनाएको छ । एमालेका साउँद पनि यस क्षेत्रमा बलियो जनाधार भएको नेताका रुपमा परिचित छन । दुबै उम्मेदवारको पुर्ख्यौली घर भने डोटी नै हो । यो निर्बाचन क्षेत्रमा डोटीका मतदाताको बाहुल्यता रहेको छ ।
दुबै पार्टीमा ससन्तुष्टी
टिकट बितरण भए देखी नै दुबै पार्टीमा असन्तुष्टी बढेको छ । नेपाली काँग्रेसबाट यो क्षेत्रमा थुप्रै आकांक्षी उम्मेदवार थिए । तर टिकट भने बमले पाए । अन्तिम सम्म पनि अरु नेताहरुले टिकटको लागी लबिङ गरेका थिए । अर्कै प्रदेशबाट उम्मेदवार ल्याएर पार्टीले लडाउने भएपछि अझै केही नेताहरु असन्तुष्ट नै रहेका छन । कतिपय खुलेर प्रचारमा गएका पनि छैनन् ।
टिकटमा नै सन्तुष्ट बनेपछि लामो समय काँग्रेस को राजनिती गरेकी भगबती पाठकले पार्टी नै परित्याग गरेकी छन । अहिले उनी यही प्रदेशबाट स्वतन्त्र उम्मेदवार बनेकी छन । नेकपा एमालेमा पनि केही नेताहरु असन्तुष्ट नै छन । एमालेका पुराना नेता मान बहादुर रावलले पार्टी छोडेको बताएका छन । यदपी उनको राजिनामा स्विकृत भएको छैन।
उनी एमालेका प्रदेश कमिटी सदस्य हुन । यस्तै एमाले कै अर्का नेता कृष्णराज सुबेदी पनि असन्तुष्ट नै छन्। पार्टीको प्रचारमा खुलेर कतै पनि लागेका छैनन । यदपी एमालेबाट पनि बागी उम्मेदवार बन्ने चर्चा चलेको थियो तर उम्मेदवारी भने कसैले पनि दिएनन् ।
बिपक्षी पार्टीको भर
दुबै पार्टी भित्रको असन्तुष्टी कायमै रहे दुबैले एक अर्को पार्टी भित्रको असन्तुष्टीलाई क्यास गर्ने दाउमा छन् । साउँदले पक्षले आफुलाई बलियो ठानेको छ । साउँद पक्षको बुझाईमा काँग्रेसका उम्मेदवार अर्को प्रदेशका भएकोले यँहाका मतदाता ले बमलाई राम्रो सँग चिन्दैनन् ।
काँग्रेस का नेताहरुले पनि आफुलाई साथ दिने साउँद पक्षको बुझाई रहेको छ । कांग्रेसका उम्मेदवार बम को बुझाई मा पनि एमाले भित्रको असन्तुष्टलाई क्यास गर्ने नै हुनेछ ।
स्थानिय तह देखी एमाले भित्र गडबढी छ भन्ने काँग्रेसले राम्रै सँग बुझेको छ । काँग्रेसलाई थप माओबादी र समाजबादीको मत आए चुनाव सजिलै जितिने उक्त पक्षको दाबी रहेको छ ।
माओबादी निर्णायक
स्थानिय तहको मत परिणामलाई केलाउने हो भने अहिले को निर्बाचनमा पनि माओबादीको मत निर्णायक बन्ने देखिएको छ । प्रदेश 'ख' मा माओबादीले मात्रै वडागत रुपमा पाएको मत झन्डै २५ सयको हारहारीमा छ ।
माओबादी र समाजबादीका उम्मेदवारहरुले गोदावरीका प्रदेश 'ख' मा रहेका १० वडामा स्थानिय तहको निर्बाचनमा २ हजार ८ सय ५४ मत पाएको छ ।
यस्तै चुरेमा ति दुबै दलका उम्मेदवारहरुले स्थानिय निर्बाचनमा वडामा पाएको मत १३ सय ३६ हो । त्यो मत नै जित हारको लागी महत्वपुर्ण हुन सक्ने बुझिएको छ ।
यदपी माओबादी गठबन्धन भित्रको मुख्य दल हो । तर यँहा माओबादीका उम्मेदवार संघ र प्रदेशमा छैनन् ।