अत्तरिया -कैलाली क्षेत्र नम्बर ४ मा गठबन्धनका प्रतिनिधी सभाका उम्मेदवार वीर बहादुर बलाएरले अहिलेको गठबन्धन सफल नभए ६ महिनापछि जेल जाने दिने आउने बताएका छन।
'याद गर्नु होला यो गठबन्धन असफल भयो भने ६ महिना पछि जेल जाने दिन आउन सक्छ,' आज अत्तरियामा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,' जेल जाने दिन फेरी आउन सक्छ । यदी २०७२ को संबिधान च्यातियो भने बर्तमान देशको राजनितीले नयाँ संबिधान लेख्ने ताकत राख्दैन । गठबन्धन नभएको भए अहिले चुनाव हुन्थ्यो र ओलीले अस्ती सकि सक्थे । त्यसैले गठबन्धनको महत्व धेरै छ।'
उनले बर्तमान संबिधानको कारण महिला मधेशी थारु सबैले निर्बाचनमा उम्मेदवार बन्न पाएको जिकिर गरे । यो निर्बाचनमा काँग्रेसले मात्रै खुट्टा बलियो गरी टिकाउने हो भने कुनै ताकतले गठबन्धनलाई रोक्न नसक्ने ठोकुवा गरे । अहिले केही नपाएर प्रदेश राजधानीको कुरा बिपक्षीहरुले चर्चामा ल्याएको आरोप लगाए ।
'२०५३ सालमा स्थायी राजधानी घोषणा भएको हो । मैले के भनेको हो भने तपाईंहरुले भन्नुस न ति राजधानी को बिरोधी हो मैले के भन्या छु मैले कहाँ छ राजधानी भनेको हो स्थायी त यँहा हो ,धनगढी त डेरामा छ । त्यो बेला म दिपाएलमा थिए । मैले पनि दिपाएल नै मागेको हो । तर मेरै पालामा उँहाका हरुले राजधानी लगेर गयो , राजधानी बेचुवा भन्ने उताका त्यस्तो भन्ने मैले कहाँ छ त राजधानी भनेर खोज्दा धनगढी बाट अहिले सरी सक्यो अहिले डेरामा छ भन्ने ,' उनले भने।
उनले अब आफु कैलाली -४ मा नै राजनितिक रुपमा नै स्थापित हुन चाहेको बताए। उनले डोटीबाट आफु यँहा आउन परेको कारण को बारेमा चर्चा गरे ।
' हो म डोटीबाट अहिलेको राजनितिक परिस्थितीको कारण यँहा आएको हुँं , गठबन्धनको कारण आएको हुँं तर म हिजो यही माटोबाट जेल पनि गएको पनि त हो नि बलाएरले भने ,' म प्रदेशको सभापती पनि हो दार्चुलाबाट पनि लडन सक्छु नि । तर अब तल माथि उमेरको कारण पनि गर्न सक्ने अबस्था छैन । जन्म थलो हो डोटी गएको गयै गर्ने हुँं , तर राजनितिक रुपमा म यही बस्छु । सकिएन भने नयाँ पुष्तालाई अगाडी सार्छु ।'