अत्तरिय - कैलालीको अत्तरियमा रहेको सनराईज बैंक लिमिटेडले शारिरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरु अध्ययनरत सु.प समाबेशी आधारभुत बिधालयमा खाध्यन्न तथा शैक्षिक सामाग्रीहरु सहयोग गरेको छ । ‘हामी संग–संगै’ भन्ने मुख्य उध्ेश्यका साथ स्थापना भएको बैंकले आफ्नो १२ औ बार्षिक उत्सबको अबसर पारी संस्थागत सामाजिक उत्तरदायित्ब अन्र्तगत बिधालयलाई खाध्यन्न तथा शैक्षिक सामाग्रीहरु सहयोग गरेको हो ।

आज एक औपाचरिक कार्यक्रमका बिच सनराईज बैंक लिमिटेड सुदुरपश्चिम प्रदेशका सहायक प्रमुख योगेश भट्ट , बैंकका अत्तरिया शाखा प्रमुख हेमन्त अबस्थी लगाएतले सो सामाग्रीहरु बिधालय परिवारलाई हस्तान्तरण गरेका हुन् । सनराईज बैंक लिमिटेडका अत्तरिया शाखा प्रमुख हेमन्त अबस्थीको सभापतित्वमा आयोजित सहयोग सामाग्री बितरण कार्यक्रममा गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशी प्रमुख अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा बिशिष्ट अतिथीमा गोदावरी नगपालिका वडा नं १ का वडा अध्यक्ष शर्मानन्द भट्ट रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा नं २ का अध्यक्ष कृष्णराज जोशीले चाडपर्वको मुखमा शारिरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरु अध्ययनरत बिधालयमा सहयोग गरेकोमा बैंक परिवारलाई धन्यवाद दिए । उनले प्रदेशको स्थायी राजधानीमा रहेको सो बिधालयलाई प्रदेशको नमुना बनाउन आफ्नो वडावाट निरन्तर लागि रहेको र सबैले आ आफ्नो क्षेत्रवाट लाग्नुपर्ने बताए ।
बिशिष्ट अतिथी वडा नं १ का अध्यक्ष शर्मानन्द भट्टले अत्तरिया प्रदेशको स्थायी राजधानीसंग जोडिएकाले पछिल्लो समय यँहा बिभिन्न बैंकका शाखा खुल्ने क्रम बढेको बताए । उनले बैंकका शाखा खुल्ने क्रम संगै बजार क्षेत्रमा आर्थिक गतिबिधिहरु पनि बढ्दै जाने बताए । गोदावरी नगरपालिकाका प्रबक्ता समेत रहेका भट्टले अत्तरिया क्षेत्र अहिले प्रशासनिक केन्द्र बन्दै गएको बताए । उनले राजधानी घोषणा भएदेखी यस क्षेत्रमा प्रशासनिक कार्यालयहरु ऋाउन थालेको बताए । दशैतिहार नजिकिदै गरेको बेला बालबालिकाहरुका लागि बिधालयलाई खाध्यान्न र शैक्षिक सामाग्रीहरु बितरण गरेर सनराईज बैंक अत्तरिया परिवारले अभिभावकको भुमिका निर्वाह गरेकोमा भन्दै उनले बैंक परिवारलाई धन्यावाद दिए ।
कार्यक्रममा बोल्दै सनराइज बैंकका अत्तरिया शाखा प्रमुख हेमन्त अबस्थीले समाजमा स्थापना भएका हरेक संघसंस्थाहरुले समाजलाई सहि दिशामा अगाडी बढाउन र समस्यामा परेकाहरुको उद्धार गर्नु प्रमुख उत्तरदायित्ब रहेको बताए । उनले समाजमा आफ्नो स्थापना संगसंगै समाजका लागि पनि केहि सोच्न आवश्यक मानेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सु.प समावेशी बिधालयलाई खाध्यन्न र शैक्षिक सामाग्रीहरु सहयोग गरिएको बताए ।
उनले अत्तरियामा शाखा यसै बर्ष २०७६ साल असारमा स्थापना भएको बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अत्तरिया क्षेत्रमा आवश्यक क्षेत्रको छनौट गर्दा सु.प समावेशी बिधालय परेकाले बिधालयलाई थोरै भएपनि सहयोग गर्न पाउदा खुसी लागेको उनले बताए । अत्तरियाका ब्यबसायी एबम् समाजसेवी नबराज आचार्यको पहल बिधालयलाई २ कट्टा चामल , ५ किलो दाल , ६५ पिस झोला , ६५ पिस कापी ,६५ पिस कलम र ६५ पिछ कटर र मेटर सहयोग गरिएको हो ।
सहयोग हस्तान्तरण पछि बिधालयका संस्थापक मान बहादुर साउँदले बैंक परिवारले आवश्यक क्षेत्रका रुपमा सु.प समाबेशी बिधालयलाई छनौट गरेर सहयोग गरेकोमा धन्यवाद दिए । उनले बैंकको प्रगतिको कामना गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए ।
सनराईज बैंक शाखा कार्यालय अत्तरियाका कर्मचारी नबराज मिश्रले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन बिधालयका संस्थापक मान बहादुर साउँदले गरेका थिए । २०६७ सालमा स्थापना भएको सु.प समाबेशी आधारभुत बिधालयमा हाल सुदुरपश्चिमका बिभिन्न जिल्लाका गरि ६० जना बालबालिकाहरु आवासिय रुपमा अध्ययनरत रहेका छन् ।